२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्स भर्ना विवाद छानविन गर्न प्रशासनलाई जिससको पत्र

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्स भर्ना विवाद छानविन गर्न प्रशासनलाई जिससको पत्र


जुम्ला—जिल्ला समन्वय समिति जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्टाफ नर्स भर्ना विवादित विषयमा छानविन गर्न भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्र पठाएको छ ।

प्रतिष्ठानले स्टाफ नर्सको भर्नाका लागि सूचना आह्वान गरी २६ भदौंमा लिखित परीक्षामा ५० जनाको नाम संलग्न नतिजा प्रकाशन गरी २८, २९ र ३० भदौंमा मौखिक परीक्षाको नतिजा प्रकाशन गरेको थियो ।

अन्तिम नतिजा प्रकाशनमा सिम्बल नम्बर एसएन ०५७ सपना न्यौपानेको नामा परीक्षा उत्तीर्णको सूचना प्रकाशन भएकोमा उक्त सिम्वल नम्बर सदिक्षा रोकायाको भएको देखिन्छ ।

परीक्षाको बास्तविकता के हो भन्ने विषयमा छानविन गर्न पत्राचार गरिएको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले बताए । आवश्यक छानविन गरी परीक्षार्थीहरुको न्याय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको छवि बचाउनुपर्ने उनको भनाइ छ ।

प्रतिष्ठानले माग गरेको करार सेवाका स्टाफ नर्सका विषयमा परीक्षा समितिले त्रुटि गरेपछि विवादित बनेको हो । आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमा नाम निकालिएको भन्दै चर्को आलोचना समेत भएको छ ।

३० साउनमा गरिएको सार्वजनिक सूचनाअनुसार प्रतिष्ठानमा २५ जना नर्स करार सेवामा माग गरिएको थियो । जसमा जम्मा १६३ जनाले आवेदन दिएका थिए । त्यसबाट पनि प्रतिष्ठानले सार्वजनिक गरेको आवेदन सूचीमा सपना न्यौपाने नभएर सपना नेपाली भनेर नाम सूचीमा प्रकाशित भएको थियो । लिखितमा नाम निकाल्न सफल परिक्षार्थीको नाम सूचीमा पनि उल्लेख छैन । प्रष्ठिानले २६ भदौैंमा लिखित परीक्षा लिएको थियो । प्रतिष्ठानले यस पटक परीक्षा कोडिङ र डिकोडिङ प्रणालीबाट सञ्चालन गरेको थियो । प्रतिष्ठानले परीक्षा मर्यादित र चुस्तदुस्त बनाउनकै लागि कोडिङ प्रणाली लागु गरेको प्रतिष्ठानले जनाएको छ । परीक्षा समितिको प्राविधिक त्रुटिले यस्तो समस्या भएको प्रतिष्ठानको स्रोतले जनाएको छ ।

रजिष्ट्रार नृपेन्द्र महतका अनुसार कुनै पनि परिक्षार्थीलाई हामीले दिइएको परीक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८ अण्टा भित्र रिचेकको लागि निवेदन दिने ब्यवस्था गरेको गरिएको थियो । रजिष्ट्रार महतकाअनुसार रिचेकका लागि निवेदन दिएका ८ जना विद्यार्थीमध्ये एक जना सपना न्यौपाने रहेको बताए । उनले सपना न्यौपानेको परीक्षा पेपर रिचेक गर्दा उनको एक नम्बरमा नाम आउन सफल भएको बताए । महतले सदिक्षा रोकायाको र सपना न्यौपानेको चेकजाँच गर्दा डिकोडिङमा भुलबस त्रुटि भएको स्वीकारे ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ