२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगंगालालसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसन्धानात्मक कार्य सम्झौता

गंगालालसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसन्धानात्मक कार्य सम्झौता


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रबीच शैक्षिक अनुसन्धान कार्यका लागि सम्झौता भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच शैक्षिक अनुसन्धानात्मक कार्यका लागि औपचारिक सम्झौता भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले गंगालाल अस्पताल कर्णाली प्रतिष्ठानबीच जनशक्तिको सुदृढीकरण, शैक्षिक अनुसन्धान र जनशक्तिको आदान—प्रदानलगायतका विषयमा सम्झौता भएको बताए ।

सम्झौताअनुसार अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अध्ययन गर्ने विद्यार्थीहरूले गंगालाल अस्पतालमा मुटु रोगका उपचारबारे तालिम लिन पाउनेछन् । गंगालालका विद्यार्थीहरूले पनि कर्णाली प्रतिष्ठानबाट आवश्यक सहयोग परामर्श लिने पाउनेछन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई मुटु रोग सम्बन्धी अनुसन्धान तथा तालिमका लागि गंगालाल अस्पतालले सहयोग गर्ने प्रतिष्ठानका उपकुलपति डा. रावलले बताए ।

सम्झौताअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत चिकित्सकलाई गंगालालमा दुई महिनासम्मको मुटु रोगको प्राथमिक उपचार तथा मुटु रोगका बारेमा तालिम लिन पाउने व्यवस्था भएको हो । यो सम्झौताले त्यहाँ पढ्ने मेडिकल विद्यार्थीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्छ भन्ने विश्वास गरिएको छ ।

सहकार्य र समन्वयका आधारमा गरिने कामले नजिता सकारात्मक दिने भन्दै सम्झौताले सुगम र दुर्गमको स्वास्थ्य सेवा प्रभावकारी तथा अध्ययन अनुसन्धान पनि परिणाममुखी हुने बताइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ