२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबढ्दै मानसिक रोगका बिरामी, तीन तहका सरकार उदासीन

बढ्दै मानसिक रोगका बिरामी, तीन तहका सरकार उदासीन


जुम्ला—जुम्लाका साना ठूला बजार क्षेत्रमा मानसिक रोगी तथा बहुअपांगता भएका व्यक्तिहरु देखिन्छ । उनीहरुको हेरचार न त अभिभावक न त सरकारले गरेको देखिन्छ । ती सडक पेटीको छेउछाउमा देखिने मानिस बढ्दै गएका छन् ।

मानसिक रोगीका विषयमा राज्यका तीन तहका सरकार बेखबर छन् । स्वास्थ्य परामर्श देखि औषधि उपचारमा बेवास्था गर्दै आएको मानसिक रोगी परामर्श कर्ताहरुले भन्दै आएका छन् ।

अक्टोबर १० तारेख आज विश्व मानसिक स्वास्थ्य दिवस हो । यस दिवसका अवसयमा टिपिओ नेपाल जुम्लाले पत्रकारहरुसँग आयोजना गरेको अन्तक्रिया कार्यक्रमका सहभागीले मानसिक रोगका विषयमा राज्यको तीनै तहका सरकार उदासीन देखिएको बताएका छन् ।

नेपाल पत्रकार शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले भने पछिल्लो समयमा विभिन्न कारणले मानिसमा मानसिक रोग बढ्दै गएको अवस्थामा सरोकारवाला निकाय उदासिन देखिनु दुखद् पक्ष हो । राज्यको यो क्षेत्रमा कुनै पनि लगानी देखिएको छैन । राज्यका तीनै तहका सरकारले अपनत्व लिएर बृहत योजना बनाएर मानसिक रोगको रोकथाम तथा नियन्त्रण गर्नुको विकल्प नरहेको उनले बताए ।

अघिल्लो वर्ष कर्णाली प्रदेश सरकारले सडक मानवमुक्त घोषणा गरेपनि त्यसको उपलव्धी नदेखिएको मनोविमर्शकर्ता नन्दराज आचार्यले बताए । उनले जैविक तत्व, मानव सिर्जित तथा प्राकृतिक विपद्, सामाजिक तत्वहरु, मनोसामाजिक तत्वले गर्दा मानसिक रोग वृद्धि भइरहेको जानकारी दिए ।

हेर्दा सामान्य देखिने तर त्यसले समाज ठूलो असर पार्ने गरेको हुन्छ । त्यसको बेलैमा निदान गरेको खण्डमा ठूलो घटना हुनबाट जोगिने भएकोले बेलैमा त्यसको रोकथाम तथा नियन्त्रणमा ध्यान दिनुपर्ने उनले बताए ।

जुम्लामा मानसिक समस्या भएका बिरामीको संख्या क्रमिकरूपमा बढ्दै जाँदा व्यवस्थापनमा चुनौती देखिएको छ । मानसिक समस्या देखिएका धेरै जना सडकमा भेटिन्छन् । जसका कारण यसको दीर्घकालीन व्यवस्थापनमा आर्थिक, भौतिक तथा आवश्यक जनशक्ति व्यवस्थापन लगायतका चुनौती देखिएका छन् ।

अपाङ्ग पुनःस्र्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार सडकमा भेटिएका अधिकांश मानसिक रोग भएका व्यक्तिहरु छन् । अपांगताका १० प्रकारमध्ये मानसिक रोगी पनि वौद्धिक अपांगभित्र पर्दछन् । उनले भने, ‘यहाँका विभिन्न सडक तथा बजार क्षेत्रमा देखिएका व्यक्तिहरु मात्र भेटिएका हुन् । खोजतलास गर्न हो भने अझै यस्ता व्यक्तिहरु भेटिन्छन् । अपांगता भएका व्यक्तिहरुको संरक्षण सम्वद्र्धन गर्न घरपरिवार अभिभावक र राज्यको पहिलो जिम्मेवारी हो ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मानसिक रोग विषेशज्ञ चिकित्सक अनुप देवकोटाका अनुसार यो विषय राज्यको प्रथामिकता परेको छैन । कर्णाली प्रदेशमा १० जिल्ला छन् । १० जिल्लामध्ये दुई जिल्ला जुम्ला र सुर्खेत अस्पतालमा मात्रै दुई जना चिकित्सक रहेको उनले बताए । उनले भने, ‘दुई जना चिकित्सकले १० जिल्लामा हेर्न सकिने अवस्थामा छैन । आवश्यक जनशिक्तसहित पुर्वाधान थप्नुको विकल्प छैन । पछिल्लो समय विभिन्न कारणले मानसिक रोग बढ्दो क्रममा भएपनि राज्यको यस विषयमा कुनै नीति तथा कार्यक्रम नरहेको उनले बताए ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ