२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदशैंमा सन्तुलित खानपानमा जोड दिऔं

दशैंमा सन्तुलित खानपानमा जोड दिऔं


सुर्खेत—दशैं रमझम, भेटघाट र टीकाटालो मात्रै होइन्, स्वादिष्ट खानाको पनि पर्व हो । दशैंका बेला हुँदा खाने र हुने खाने प्रायः सबैले मीठो मसिनो खानेकुरा खान्छन् । तर, खानालाई व्यवस्थित नगर्दा यसले स्वास्थ्यमा ठूलो असर पार्न सक्छ ।

सन्तुलित खानपानले मान्छेको शरीरलाई सही पोषण दिन्छ । खानपानमा ध्यान नदिँदा बालबालिका, बुढापाका र स्वास्थ्य कमजोर भएकाहरूका लागि बढी जोखिमपूर्ण हुन्छ ।

मुटुरोग विशेषज्ञ डा. एसके जैसवालकाअनुसार दशैं, तिहारजस्ता चाडपर्वमा स्वस्थ रहन खानपानमा निकै ध्यान दिन जरुरी छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोगी, हृदयघातजस्ता रोग, मुटु कमजोर भएकाहरू, उच्च कोलेस्ट्रोल, जन्मजात मुटुरोग, पेटको दीर्घकालीन रोगीहरू, ग्याष्ट्रिक, पेटको अल्सर, मिर्गौला रोग भएकालगायतले खानेकुरामा झनै बढी ध्यान दिनुपर्छ ।

‘चाडपर्वमा चिल्लो, पिरो, माछा मासुलगायत अन्य खाने कुरा खाँदै नखानुस् भनेको होइन । तर, स्वास्थ्यलाई नै हानी गर्ने गरी खानु हुँदैन्,’ उनी भन्छन्, ‘दसैंमा मासुसँगै मदिरा पिउने चलन पनि छ । तर, धेरै मदिरा सेवन गर्नु स्वास्थ्यको लागि राम्रो होइन् । सन्तुलित खानालाई प्राथमिकता दिनुपर्छ ।’

डा. जैसवालकाअनुसार रोगीमात्र नभएर स्वस्थ व्यक्तिलाई समेत एक दिनमै अत्याधिक मदिरा सेवनले हृदयघात निम्त्याउन सक्छ । ‘मुटुको चाल अनियमित भएकाहरू, उच्च रक्तचाप नियन्त्रण नभएका र उच्च कोलस्ट्रोल भएकाहरूले मदिरा सेवन गर्नु हुँदैन्,’ डा. जैसवाल सल्लाह दिदैं भन्छन् । त्यस्तै, मसालेदार खानेकुरा चिया, कफी, वासी, सडेगलेका खानेकुरा, चिल्लो, पिरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा, जाँड रक्सी र सूर्तिजन्य पदार्थ नखान समेत उनले सुझाए ।

हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्दै खानामा कम नुनको प्रयोग गर्नुपर्ने उनले भनाइ छ । यसका साथै बोसो भएको मासु सकेसम्म नखान उनको आग्रह गरे । खानामा सलादहरू खाँदा राम्रो हुने उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ