२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटबाट सुत्केरी महिलाको हवाई उद्धार

कालिकोटबाट सुत्केरी महिलाको हवाई उद्धार


सुर्खेत—कालिकोटमा एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । रास्कोट नगर अस्पतालमा सुत्केरी भएकी रास्कोट नगरपालिका–८ वाहरकोट १७ वर्षीया संगीता लुवारलाई हवाई उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

नगर अस्पतालमा सुत्केरी हुनुभएकी लुवारको अत्याधिक रक्तश्राव भएपछि हवाई उद्धार गरिएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिए ।

‘उहाँले अस्पतालमा शिशु जन्माएपछि अत्याधिक रक्तश्रावका कारणले आमा र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल लगिएको छ,’ उनले भने, ‘अहिले अस्पतालमा आमा र शिशुको उपचार भइरहेको छ । दुबै अवस्था खतरामुक्त रहेको खबर पाएका छौं ।’

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको नगर प्रमुख शाहीले जानकारी दिए । ‘नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो,’ उनले भने, ‘राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार भएकाले उद्धारका लागि लागेको खर्च सबै सरकारले नै व्यहोर्छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ