२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनिःशुल्क स्वास्थ्य शिविर सम्पन्न

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


सुर्खेत – कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–८ र ९ वडाको मुम्रा गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिका सहकार्यमा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित समुदाय स्वास्थ्यका लागि एकीकृत पहल (इच) परियोजना निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको परियोजना अधिकृत भरत हमालले जानकारी दिए । ‘शिविरबाट गाउँपालिका वडा नं ८ र ९ का ६१ जना महिलाले सेवा लिएका छन् ।’ उनले भने,‘स्वास्थ्य शिविरमा महिलाहरूमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएको, सेतो पानी बग्नेलगायतको समस्या भेटिएको छ ।’

कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरूमा प्रजनन स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा सङ्क्रमण भएर क्यान्सर हुने जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोट नर्स मिश्रा शाहीले बताइन ।

‘स्वास्थ्य शिविरमा आङ खस्ने समस्या भएका चार जना महिलाको रिङ पेसरी राखिएको र चार जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा  रिफर गरिएको छ ।’ उनले भने,‘तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या भएका महिलाहरूका लागि औषधि वितरण गरिएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ