२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा बालबालिका कुपोषणमा झण्डै दोब्बरले वृद्धि

सुर्खेतमा बालबालिका कुपोषणमा झण्डै दोब्बरले वृद्धि


वीरेन्द्रनगर— सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्न थालेको पाइएको छ । जनस्वास्थ्य कार्यालय सुर्खेतकाअनुसार जिल्लामा कुपोषित बालबालिकाको संख्या बढेको पाइएको हो ।

कार्यालयले ११ महिना उमेरसम्मका बालबालिका र १२ देखि २३ महिना उमेर समूहका गरी कुल १३ हजार ७ सय २४ जना बालबालिकामा परीक्षण गरेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा कुपोषित बालबालिकाको संख्या दुई सय ४६ जना रहेको थियो भने २०७७/०७८ मा दुई सय ४८ जना बालबालिका कुपोषित थिए । यसैगरी २०७८/०७९ मा भने यो संख्यामा वृद्धि भई ४ सय ७५ जना पुगेको छ ।

जिल्लाको पालिकागत रूपमा हेर्दा कुपोषित बालबालिकाहरूको संख्या सबैभन्दा धेरै भेरीगंगा नगरपालिकामा छ । २०७६/०७७ मा भेरीगंगा नगरपालिकामा

कुपोषित बालबालिकाको संख्या २७ जना थियो भने अहिले यो संख्या बढेर २०७८/०७९ को अन्त्यमा १ सय २१ जना पुगेको छ ।

सिम्ता गाउँपालिकामा ४३ जना, चिङ्गाड गाउँपालिकामा ३९ जना, लेकवेसी नगरपालिकामा ५४ जना, गुर्भाकोट नगरपालिकामा १९ जना, वीरेन्द्रनगर नगरपालिकामा १ सय ३ जना, बराहताल गाउँपालिकामा २३ जना, पञ्चपुरी नगरपालिकामा ३२ जना रहेका छन् । यस्तै चौकुने गाउँपालिकामा ४१ जना बालबालिका कुपोषित रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

२०७८/०७९ मा सुर्खेत जिल्लामा एक वर्षमुनिका बालबालिकाको संख्या सात हजार एक सय २७ जना रहेको थियो । तर, सोही आर्थिक वर्षमा ६ महिनासम्म स्तनपान मात्रै गराएका शिशुहरुको संख्या भने तीन हजार चार सय १७ जना रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ