२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँमै गर्भवती महिलालाई अल्ट्रासाउण्डबाट चेकजाँच

गाउँमै गर्भवती महिलालाई अल्ट्रासाउण्डबाट चेकजाँच


सुर्खेत – सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले गाउँमै गर्भवती महिलालाई लक्षित गरेर अष्ट्रासाउण्ड सेवा दिन थालेका छन् । ग्रामीण क्षेत्रका गर्भवती महिलालाई लक्षित गरी अल्ट्रासाउन्ड सेवा प्रदान गर्न थालेको हो ।

बनगाड कुपिण्डे नगरपालिका ५ च्युरामा रहेको बाझकोट स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । गर्भवती महिलाहरूलाई अल्ट्रासाउन्ड गर्न सदरमुकाम वा सुर्खेत जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य चौकीमै अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले बताए ।

‘गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रासाउन्ड अनिवार्य रहेको छ ।’ उनले भने,‘सुत्केरी हुन अघि गर्भावस्थामा बच्चा रहँदा पटक–पटक गर्नुपर्ने भिडियो एक्स–रे सेवाका लागि सदरमुकाम वा बाह्य जिल्लासम्म धाउनुपर्ने, पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता अव हटेको छ ।’

उपचार पनि महँगो, गर्भवतीलाई सदरमुकाम सम्म जान आउन पनि समस्या भएपछि हामीले स्वास्थ्य चौकीबाटै घुम्ती रूपमा यो सेवा दिने निर्णय गरेको पोखरेलले जानकारी दिए ।

गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवाले स्थानीय महिलाहरू लाभान्वित हुने नगरप्रमुख कर्णबहादुर बुढाथोकीले बताए । ‘अल्ट्रासाउन्ड गर्नकै लागि  सदरमुकाममा रहेको सल्यान जिल्ला अस्पताल र सुर्खेत जानु पर्ने समस्याको समाधान गरी गाउँमै स्वास्थ्य सेवा दिन अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ ।’ उनले भने,‘नगरपालिकालाई शून्य होम डेलिभरी पालिका बनाउने अभियानमा लागेका छौँ ।’

जन्मनु अघि नै बालबालिकाको स्वास्थ्य अवस्था थाहा पाउन यो सेवा निःशुल्क सञ्चालन गरिएको नगरप्रमुख बुढाथोकीको भनाई रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ