२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशलम्पी स्किन रोगबाट सल्यानका १० पशु चौपाया मरे

लम्पी स्किन रोगबाट सल्यानका १० पशु चौपाया मरे


सुर्खेत – सल्यानको कालीमाटी गाउँपालिकामा पशुमा लम्पी स्किन  रोगको संक्रमण देखिएको छ । कालीमाटी गाउँपालिका वडा नं ४,५,६ मा केही दिनदेखि गाई तथा गोरुहरूमा लम्पी स्किन  रोगको संक्रमण देखिएको हो ।

गाई तथा गोरुहरूमा शरीरभरिको छालामा गिर्खा र गाँठाहरू देखिने समस्या आएको छ । यो लम्पी स्किन रोग भएको गाउँपालिकाको पशु शाखाले जनाएको छ ।

लम्पी स्किन रोगबाट गाउँपालिका वडा नं ४, ५, ६ मा हालसम्म १० वटा गाई गोरु मरिसकेको र ९४ वटा गाई गोरु बिरामी भएको तथ्याङ्क प्राप्त भएको कालीमाटी गाउँपालिका  पशु शाखा प्रमुख केशव बस्नेतले बताए । ‘यो रोगको सङ्क्रमणले महामारी नै लिन सक्ने भएकाले  गाउँपालिका रोग नियन्त्रणको लागि पहल थालिएको छ ।’ उनले भने,‘किसानले पालेका गाई गोरुमा रोगको सङ्क्रमण बढी रहेको छ ।’

सल्यानमा देखिएको नयाँ रोगका विषयमा रोगको पहिचान नभएको भन्दै स्थानीय पुरुषोत्तम भट्टराईले रोगको पहिचानको लागि पठाएको फोटोलाई  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा देखाउँदा लम्पी स्किन भएको बताइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ