२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँका डाक्टरसँग सम्पर्क गर्न मोबाइल सेवा 

गाउँका डाक्टरसँग सम्पर्क गर्न मोबाइल सेवा 


जुम्ला- महिला स्वयंसेविका अहिले गाउँका डाक्टर जस्तै छन् । गाउँमा कोही बिरामी हुँदा वा महिला सुत्केरी ब्यथा लाग्दा पहिलो महिला स्वयंसेविकासँग सम्पर्क हुन्छ । बिरामीले स्वयंसेविका पछ्याउने र स्वयंसेविकाले पनि बिरामी पछ्याउँदै आएका हुन्छन् ।

डिजिटल प्रविधिको दुनियाँमा पूरानै परम्परागत रुपमै व्यक्ति-व्यक्तिबाट खबर आदान-प्रदान गरिने गरिन्थ्यो । यस्तै समस्यालाई मध्यनजर गर्दै तातोपानी गाउँपालिकाले गाउँका डाक्टर महिला स्वयंसेविकासँग सम्पर्क गर्न मोबाइल वितरण गरिएको छ ।  बिरामी र महिला स्वयंसेविका बीच सूचना प्रवाह गर्न सजिलो भन्ने उद्देश्यका साथ मोबाइल वितरण गरेको हो ।

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईका अनुसार सूचना प्रभावकारी गर्नका लागि सादा मोबाइल सेट वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईमार्फत महिला स्वयंसेविकालाई मोबाइल वितरण गरेका हुन् ।

तातोपानी गाउँपालिका वडा नम्बर १–८ का ६७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नै मोबाइल वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा सूचना आदान-प्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको हो ।

स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा उपलब्ध गरिएकोले सूचना प्रवाहमा सहज हुने बताइन् । नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनको विषयमा ध्यान दिन उनले आग्रह गरिन् ।

मासिक ५ सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको र संघीय सरकारले वर्षेनी पोसाकसहित  २२ हजार उपलब्ध गराउँदै आएको तातोपानी गाउँपालिका जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ