२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँपालिकाले नै गरिदियो ५५९ घरपरिवारको स्वास्थ्य बिमा

गाउँपालिकाले नै गरिदियो ५५९ घरपरिवारको स्वास्थ्य बिमा


जुम्ला—डोल्पाको जगदुल्ला गाउँपालिकाका ५ सय ५९ घरपरिवारको एममुष्ट स्वास्थ्य बिमा गरिएको छ । जगदुल्ला गाउँपालिकाले ५ सय ५९ घरपरिवारको १९ लाख २८ हजार ५ सय ५० रुपैयाँ स्वास्थ्य बिमा बोर्डलाई भुक्तानी गरेर एकमुष्ट स्वास्थ्य बिमा गरेको हो ।

जगदुल्ला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद जैशीका अनुसार पालिकाभरीका सबै नागरिकको स्वास्थ्य बिमा गर्नका लागि चालु आर्थिक वर्षमा १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त बजेट अपुग हुने देखिएपछि पुनः ५ लाख २८ हजार ५ सय ५० रुपैयाँ थप गरेर १९ लाख २८ हजार ५ सय ५० रुपैयाँ स्वास्थ्य बिमा गरिएको छ ।

स्वास्थ्य बिमाको महत्व बुझेर आम नागरिकलाई स्वास्थ बिमा कार्यक्रममार्फत पाउने सेवा सुविधाबाट बञ्चित हुन नदिन प्रत्येक नागरिकको आवद्व शुल्क गाउँपालिकाले नै व्यहोर्ने गरी बिमा गरिएको गाउँपालिका अध्यक्ष नारसिंह रोकायाले बताए ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम तय गर्दा जगदुल्ला गाउँपालिकाले स्वास्थ्य बिमालाई प्राथमिकतामा राखी कार्यन्वयन गरेको जगदुल्ला गाउँगाउपालिका स्वास्थ्य संयोजक निमा छिरिङ बुढाले बताए । ‘सेवा सुविधा राम्रो पाएमा आगामी दिनमा स्वयं परिवारले आफै निरन्तरता दिने छन्,’ बुढाले भने ।

जगदुल्ला गाउँपालिका गत आर्थिक वर्षको कार्यसम्पादन मुल्यांकनमा कर्णाली प्रदेशमै उत्कृष्ट भई प्रथम स्थान हासिल गरेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ