२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँमै विषेशज्ञ चिकित्सक सेवा

गाउँमै विषेशज्ञ चिकित्सक सेवा


वीरेन्द्रनगर—जाजरकोटको नलगाड नगरपालिका, छिताराम स्मृति प्रतिष्ठानको आयोजनामा जाजरकोटको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा निःशुल्क विषेशज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । १२ र १३ चैतमा भएको स्वास्थ्य शिविरमा ८ सय १५ जना स्वास्थ्य चेकजाँच भएको र बारेकोट गाउँपालिकाको श्रीपाचौर, लुआक गाउँसम्मका बासिन्दा, कुशे गाउँपालिकाको समाइला, धनराशी गाउँ र नलगाड नगरपालिकाको वडा नं. ६ लगायत नजिकका स्थानीय निःशुल्क स्वास्थ्य सेवा पाएको सामाजिक अभियन्ता प्रणयकुमार विकले बताए ।

‘समाजसेवी जुहारीलाल सुनार, उद्योग वाणिज्य संघ नलगाड ५ र नेपाल युवा परिषद् जाजरकोट, फिचर अफ होप ललितपुर, सरुवा रोग अस्पताल चौरजहारी रुकुम, एचसिएफ भरतपुर चितवन र लाइन्स क्लव काठमाडौं आर्थिक तथा मानवीय सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो,’ उनले भने, ‘डा. प्रभु सुब्बा, डा. माधव विश्वकर्मा, डा. विशाल उप्रेती, सिनियर नर्स भीमकुमारी श्रेष्ठ, नर्स सुनिता ओली, स्वास्थ्य शाखा प्रमुख तप्त चनारा, पारामेडिक्सहरु यजी परियार, सुजन विक, जय बुढा, पृष्का विक, प्रकाश नेपाली, प्रकाश बिक, राजेन्द्र खत्री, रुपा पुन, रस्त पुन, मोहन खड्का खटिनु भएको थियो ।’

शिविरमा हाडजोर्नी तथा नसा रोग, वालरोग, स्त्रीरोग ,जनरल मेडिसिन, सुगर प्रेसर जाँच, भिडियो एक्सरे, इसिजी, पाठेघर खसेको जाँच ,पाठेघरको मुखको क्यानसरको जाँच, फिस्टुलाको जाँच, पाँच वटा स्कुलको विद्यार्थीको पोषण र स्वास्थ स्थिति चेकजाँच र औषधि वितरण गरिएको विकले जानकारी दिए ।

शिविरमा स्वास्थ्य चेकजाँच भएका ८ सय १५ मध्ये २ सय २६ जना विद्यार्थी थिए । १ सय १५ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएकोमा २५ जना पाठेघरको मुखमा क्यान्सर भएका बिरामी फेला परेका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ