२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरोजगारीका लागि भारत पुगेका सार्की ब्रेन टयुमर भएपछि भारतमै थलिए

रोजगारीका लागि भारत पुगेका सार्की ब्रेन टयुमर भएपछि भारतमै थलिए


वीरेन्द्रनगर—वैदेशिक रोजगारीका लागि भारतको बैङगलोरमा रहेका मदन सार्की अचानक बिरामी भएर थलिएका छन् । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुका सार्कीको आर्थिक अवस्था कमजोर भएका कारणले भारतमा नै रहनु परेको हो ।

काम गर्दागर्दै एक्कासी ढलेका सार्कीको बैङगलोरमा स्थानीय अस्पतालमा उपचार गर्दा ब्रेन टमुयर भएको खुलेको थियो ।

भारतको बैङगलोर उपचार गराउँदा उनको टाउको अप्रेशन र उपचार खर्चमा कमाएको पैसा सकिएको सार्की छिमेकी बिन्द सार्कीले बताए । ‘मदनको आर्थिक अवस्था कमजोर नै थियो,’ उनले भने, ‘अहिले भारतको अस्पतालमा उपचार गर्राइ रहनुभएको छ ।’

सार्कीको एउटा हात, एउटा खुट्टा, नचल्ने बोल्न पनि नसक्ने अवस्था रहेको सार्कीको श्रीमती लालमती सार्की भुलले बताइन् । ‘उहाँ केही पनि बोल्न सक्नुहुन्न । मैले भारतमै कमाएर उहाँको औषधि उपचार र बच्चाहरु पाल्नु परेको छ,’ उनले भनिन्, ‘हामी कसरी नेपाल जाने त्यो पनि समस्या भएको छ ।’

तीन छोराछोरी र बिरामी श्रीमान्को एक्लै हेरचाह गर्नुपरेको लालमतीले बताइन् । ‘नेपालमा बसी खानलाई जग्गा जमिन पनि छैन्,’ उनले भनिन्,‘नेपालमा कसरी गएर पनि के गर्ने यहाँ बसेर मैले खान समस्या छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ