२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा हात्तीपाइले रोग परीक्षण

जुम्लामा हात्तीपाइले रोग परीक्षण


जुम्ला—जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारणले उच्च हिमाली जिल्लाहरुमा तामक्रमको वृद्धि भएको र तापक्रमको वृद्धिका कारणले लामखुट्टेको जन्म हुन थालेपछि हिमाली जिल्लाहरुमा औलो र कालाजारका बिरामी भेटिन थालेका छन् ।

विकास सँगसँगै गाडीमा लामखुट्टे हिमाली जिल्लामा जान थाले । त्यसले हिमाली जिल्लामा औलो फैलिन थालेको छ । पहिला तराई र पहाडका जिल्लाहरुमा देखिने हात्तीपाइले, औलो र कालाजार रोग जलवायु परिवर्तनका कारणले हिमाली जिल्लाहरुमा देखिन थालेको छ ।

जुम्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको छ । नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुरले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत परीक्षण गरिएको हो ।

कनकासुन्दरी गाउँपालिकास्थित कालिका आधार विद्यालय हाँटसिंजा र पाण्डव गुफा माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा सबै जनाको नेगेटिभ नतिजा आएको छ । मालिका आधारभूत गतिखोला र माध्यामिक विद्यालय बुढुचौताराका विद्यार्थीमा पनि परीक्षण गर्ने तयारी गरिएको कानकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जंगलाल बुढाले बताए ।

यहाँका ३२ सामुदायिक विद्यालयका ४८० जना बालबालिकामा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले भने, ‘जुम्लाभित्रै रहेका नागरिकबाट एक अर्काेमा रोग सर्छ कि सर्दैन । यहाँ लामखुट्टेले रोग सार्छ वा सार्दैन भनेर जानकारी लिनका लागि नमुना परीक्षण गरिएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ