२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लामा औलो रोग नियन्त्रणका लागि स्वयंसेवक परिचालन

हुम्लामा औलो रोग नियन्त्रणका लागि स्वयंसेवक परिचालन


वीरेन्द्रनगर—औलो रोगको उच्च जोखिममा रहेको हुम्लामा रोग नियन्त्रणका लागि स्वंयसेवक परिचालन गरिएको छ । औलो रोगको उच्च जोखिममा रहेको हुम्लाको ताजाकोट गाउँपालिकाका सबै घरधुरीमा औषधि छर्कने कार्यक्रम सुुरु गर्न स्वयंसेवक परिचालन गरिएको हो ।

गर्मी बढेसँगै लामखुट्टे भित्रिने र औलो (मलेरिया) रोगका बिरामी देखिने भएकाले त्यसलाई नियन्त्रण गर्न औषधि छर्किन थालिएको ताजाकोट गाउँपालिकाको मैला स्वास्थ्य चौकीको संयोजक धनराज ढकालले बताए ।

‘इपिडिमियोलोजी महाशाखा, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा औषधि छर्कन सुुरु भएको हो,’ उनले भने, ‘गत वर्ष ताँजाकोट गाउँपालिकामा सात जना बिरामीमा औलो रोग देखिएको थियो । यो रोग साउन, भदौ महिनामा देखिने गर्छ । रोग नियन्त्रणको पूर्व तयारीस्वरुप गाउँपालिकाका पाँच वटै वडाका तीन हजार १५० घरधुरीको घर, शौचालय, गोठ, कटेरोलगायत मानिसको बसोवास हुने सबैतिर औषधि छर्कने कार्य सुुरु भएको छ । १५ दिनभित्र सबैतिर औषधि छर्कने कार्य पूरा हुनेछ ।’

यसका लागि आठ जना स्वयंसेवक स्पे्र मेसिनसहित परिचालन गरिएको ढकालले जनाकारी दिए । ‘स्वयंसेवकले छर्कने औषधिको अनुगमन गर्न दुुई जना सुपरभाइजरसमेत परिचालन गरिएको छ,’ उनले भने,‘ताजाकोट गाउँपालिकामा ६ वर्षदेखि औलो रोग देखा पर्दै आएको छ । गत वर्ष औषधि छर्कने र झुुल वितरणको कार्यक्रम गाउँपालिकाले गर्नुपरेको थियो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ