२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लामा औलो रोग नियन्त्रणका लागि स्वयंसेवक परिचालन

हुम्लामा औलो रोग नियन्त्रणका लागि स्वयंसेवक परिचालन


वीरेन्द्रनगर—औलो रोगको उच्च जोखिममा रहेको हुम्लामा रोग नियन्त्रणका लागि स्वंयसेवक परिचालन गरिएको छ । औलो रोगको उच्च जोखिममा रहेको हुम्लाको ताजाकोट गाउँपालिकाका सबै घरधुरीमा औषधि छर्कने कार्यक्रम सुुरु गर्न स्वयंसेवक परिचालन गरिएको हो ।

गर्मी बढेसँगै लामखुट्टे भित्रिने र औलो (मलेरिया) रोगका बिरामी देखिने भएकाले त्यसलाई नियन्त्रण गर्न औषधि छर्किन थालिएको ताजाकोट गाउँपालिकाको मैला स्वास्थ्य चौकीको संयोजक धनराज ढकालले बताए ।

‘इपिडिमियोलोजी महाशाखा, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा औषधि छर्कन सुुरु भएको हो,’ उनले भने, ‘गत वर्ष ताँजाकोट गाउँपालिकामा सात जना बिरामीमा औलो रोग देखिएको थियो । यो रोग साउन, भदौ महिनामा देखिने गर्छ । रोग नियन्त्रणको पूर्व तयारीस्वरुप गाउँपालिकाका पाँच वटै वडाका तीन हजार १५० घरधुरीको घर, शौचालय, गोठ, कटेरोलगायत मानिसको बसोवास हुने सबैतिर औषधि छर्कने कार्य सुुरु भएको छ । १५ दिनभित्र सबैतिर औषधि छर्कने कार्य पूरा हुनेछ ।’

यसका लागि आठ जना स्वयंसेवक स्पे्र मेसिनसहित परिचालन गरिएको ढकालले जनाकारी दिए । ‘स्वयंसेवकले छर्कने औषधिको अनुगमन गर्न दुुई जना सुपरभाइजरसमेत परिचालन गरिएको छ,’ उनले भने,‘ताजाकोट गाउँपालिकामा ६ वर्षदेखि औलो रोग देखा पर्दै आएको छ । गत वर्ष औषधि छर्कने र झुुल वितरणको कार्यक्रम गाउँपालिकाले गर्नुपरेको थियो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ