२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखको नारायण नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने

दैलेखको नारायण नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने


वीरेन्द्रनगर—दैलेखको नारायण नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाले गर्भवती तथा सुत्केरीहरुका लागि निःशुल्क एम्बुलेन्सले सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

नगरपालिकाभित्रका गर्भवतीलाई छिटो सेवा दिने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बताए । ‘स्थानीय तहको निर्वाचनका बेला नागरिकसँग गरिएको वाचाअनुसार नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएका छौं,’ उनले भने, ‘हामीले स्थानीय तहको निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धताअनुसार क्रमशः काम गर्दै गएका छौं ।’

निर्वाचित भएको करिब एक वर्षभित्र चुनावी वाचाअनुसार खानेपानीमा न्यूनतम शुल्क मिनाहा, नागरिकको घरटोलमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख शर्माले बताए ।

नगरपालिकाले सुचारु गरेको गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवाले नव मातृ मृत्युदर घटाउनमा सहयोग पु¥याउने नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य अधिकृत लालबहादुर खड्काले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ