२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसमायोजन भएर आएका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखिको तलब

समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखिको तलब


जुम्ला—कालिकोट रास्कोट नगरपालिकाको स्वास्थ्य सेवाका कर्मचारीले १० महिनादेखिको तलबभत्ता पाएका छैनन् । कर्मचारी समायोजनका बेला रास्कोट नगरपालिका रोजेर आएका अहेब, अनमी र जनस्वास्थ्य निरीक्षक गरी १५ जना कर्मचारीले २०७९ साउन महिनादेखि पारिश्रमिक नपाएका हुन् ।

एक वर्षदेखि बिना तलब काममा खटिएकोबारे नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको सिनियर अहेब धीरेन्द्रबहादुर खड्काले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले मन्त्रालयले तलब वापतको रकम पठाउन ढिला गरेकाले समस्या भएको बताए । ‘दरबन्दीभन्दा बढी कर्मचारी आए । तर, तलब नआउँदा यस्तो समस्या भएको हो,’ उनले भने ।

नगरपालिकाले फाजिलमा रहेका कर्मचारीलाई विभिन्न सामुदायिक स्वास्थ्य एकाईमा काज खटाएपनि आर्थिक वर्ष ०७९ साउनयताको तलब बजेट नभएको भन्दै रोकेको छ ।

रास्कोट नगरपालिकाका १५ जना कर्मचारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तलब भत्ता वापतको रकम पठाउनुपर्ने हो । तर, मन्त्रालयले दरबन्दीअनुसार मात्र तलब पठाएका कारण १५ जना स्थायी कर्मचारी तलब पाउनबाट बन्चित छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ