२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिल्ला पूर्ण खोप सुनिश्चिता घोषणा गर्न अनुगमन

जिल्ला पूर्ण खोप सुनिश्चिता घोषणा गर्न अनुगमन


जुम्ला—अघिल्लो वर्ष नै जिल्ला पूर्ण खोपयुक्त घोषणा भइसकेको छ । जिल्ला पूर्ण खोप घोषणा भएपनि हरेक वर्ष पूर्ण खोप सुनिश्चिता गर्ने नीति रहेको छ ।

सोही बमोजिम हरेक वर्ष वडा, गाउँपालिका हुँदै जिल्ला नै पूर्ण खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । ‘तिला गाउँपालिकामा १५ देखि २२ महिनाका बालबालिका खोपबाट छुटे–नछुटेको बारे अनुगमन गरिएको छ । पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्नुअघि खोपबाट छुटेका बालबालिकालाई खोपको पहुँजमा ल्याउन अनुगमन गरिएको हो ।’

तिलाका तीन वटा वडाका बस्ती र प्रत्येक घरमा गएर अनुगमन गरिएको जनस्वास्थ्य कार्यालयको जुम्लाले जनाएको छ । जनस्वास्थ्य कार्यालयको टोली स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले तीन वटा वडाका घरघरमा पुगेर अनुगम गरेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले जानकारी दिए ।

तिलालाई पूर्ण खोप पालिका घोषणा गर्नु अघि नै त्यहाँका वडाहरुमा खोपको पहुँचबाट छुटेको भए खोजेर खोप दिने उद्देश्यले वडाहरुमा अनुगमन गरिएको उनले बताए । उनका अनुसार पूर्ण खोप जिल्ला घोषणा भएपनि शून्यदेखि २३ महिनाभित्रका बालबालिकाले पूर्ण खोप पाए नपाएको निश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था छ ।

अहिले बालबालिका खोज र खोपु भन्ने नीति रहेको छ । कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट बञ्चित हुनु हुँदैन भन्ने मान्यताका साथ घरघरमा गएर अनुगम गरिएको प्रमुख सापकोटाले बताए ।

जुम्लाका ८ वटा स्थानीय तहलाई पूर्ण खोप पालिका घोषणा गरी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी रहेको उनले बताए । अनुगमनबाट सबै बालबालिकाले पूर्ण खोप लगाएको र १५ महिनाभन्दा मुनिका बालबालिकाले नियमित खोप लागाउँदै आएको खोप कार्डले देखाएको उनले बताए ।

जनस्वास्थ्य कार्यालय जुम्लाका खोप प्रमुख प्रेम सोमाईले तिलाका सबै वडामा आइतबारसम्म अनुगमन गर्ने जानकारी दिए । सबै वडा अनुगमन गरिसकेपछि मात्र पालिकालाई पूर्ण खोप घोषणा गर्ने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ