२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशखेतीपातीको समयमा तीब्र रुपमा फैलिदै ‘लप्पी स्किन’ रोग

खेतीपातीको समयमा तीब्र रुपमा फैलिदै ‘लप्पी स्किन’ रोग


वीरेन्द्रनगर—खेतीपातीको समयमा तीब्र रुपमा फैलिदै ‘लप्पी स्किन’ रोग कर्णालीमा फैलिएको छ । गाईभैसी र गोरुमा लाग्ने ‘लप्पी स्किन’ रोग खेतीपाती लगाउने भित्र्याउने समयमा तीब्र रुपमा फैलिएको हो ।

कर्णालीमा ‘लप्पी स्किन’ रोगका कारणले यहाँका किसानहरुले गरेका छन् ।

कर्णालीका १० जिल्लामध्ये सात जिल्लामा यो रोग देखिएको छ । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट र हुम्लामा ‘लम्पी स्किन’ को प्रकोप देखिएको कर्णाली प्रदेश भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कर्णालीका १० जिल्लामध्ये मुगु, डोल्पा र जुम्ला जिल्लामा ‘लम्पी स्किन’ रोग देखिएको छैन ।

यसअघिसम्म गाई र गोरुमा मात्रै देखिएको ‘लम्पी स्किन’ पछिल्लो समय भैँसीमा समेत देखिएको मन्त्रालयले जनाएको छ । जाजरकोट जिल्लाको जुनिचाँदे, भेरी, शिवालय, छेडागाड, नलगाडलगायतका पालिकामा रोगको प्रकोप अत्यधिक बढेको जाजरकोट पशुसेवा कार्यालयले जनाएको छ ।

सल्यानमा गाई भैँसीमा लम्पी स्किन रोग संक्रमण तीव्र रुपमा फैलिएको छ । लम्पीस्किन रोगबाट हालसम्म जिल्लामा १ सय ५० भन्दा बढी पशु चौपाया मरिसकेका छन् ।

कालीमाटी गाउँपालिकाबाट फैलिएको रोग अहिले सबै पालिकामा फैलिएको छ । खेतीपातीको सिजन सुरु हुँदै लाग्दा रोगबाट पशु चौपाया मर्न थालेपछि किसान चिन्तित हुन थालेका छन् ।

बालीनाली नलगाउने सिजन हुँदै गर्दा वस्तुभाउ मर्न थालेको स्थानीय किसान रामबहादुर केसीले बताए । ‘कुटो कोदालोले बारी खनेर साध्य छैन र जोत्ने गोरु बिरामी छन् । बारी केले जोत्ने हो समस्या छ,’ उनले भने,‘यो रोगका कारणले अहिले धेरै ठाउँमा फैलिएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ