२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपातारासीका तीन वडा पूर्ण खोप सुनिश्चितता

पातारासीका तीन वडा पूर्ण खोप सुनिश्चितता


जुम्ला—पातारासी गाउँपालिकाभित्रका ७ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिका भित्रका १, २ र ३ नम्बर वडा पूर्ण खोप सुनिश्चिता गरिएको हो ।

पूर्ण खोप जिल्ला घोषणा घोषणा भएपनि शून्यदेखि २३ महिना भित्रका बालबालिका पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको पातारासी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रतन बुढ्थापाले बताए ।

‘खोपबाट धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिका नछुटाएर खोप लगाउनुपर्ने हुन्छ । खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ,’ उनले भने, ‘अहिले बालबालिका खोज र खोप भन्ने नीति रहेको छ । कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट बञ्चित हुनु हुँदैन भन्ने मान्यता छ ।’

छुमचौरी स्वास्थ्य चौकीअन्तर्गत शून्यदेखि १५ महिना भित्रका ४६ जना बालबालिकालाई पूर्ण खोप लगाएको छ । यस्तै, १६ देखि २३ महिना भित्रका ८६ जना बालबालिकालाई पूर्ण खोप लगाएको छ । पातरासीमा शून्यदेखि १५ महिनासम्मका ३६ जना र १६ देखि २३ महिनासम्मका २९ जना बालबालिकालाई पूर्ण खोप लगाएको हो ।

तल्फीमा शून्यदेखि १५ महिना उमेर समुहका ९६ जना र १५ देखि २३ महिना उमेर समूहका ३४ जना बालबालिकालाई पूर्ण खोप लगाएको स्वास्थ्य शाखा संयोजक बुढ्थापाले बताए ।

‘अहिले बालबालिकाको खोप छुटाउनु हुन्न भन्ने नीति छ,’ संयोजक बुढ्थापाले भने ‘खोजेर खोप भन्ने स्वास्थ्यको नीति भएकोले वडा भित्र रहेका सवै बालबालिकाले अनिवार्य खोप लगाउने गरेका छौं ।’ सबै टोली वस्ती वडाका सबै बालबालिकाले पूर्ण खोप लगाएको पालिका नै सुनिश्चितता गरिने गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ