२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोट कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या

जाजरकोट कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या


जुम्ला—जाजरकोटको जिल्ला कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी भएपनि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । एक जना अहेबको दरबन्दी रहेको कारागारमा झण्डै डेढ वर्षदेखि दरबन्दीअनुसारका स्वास्थ्यकर्मी छैनन् ।

कारागारमा कार्यरत अहेब उद्घवकुमार कार्कीको ०७८ फागुनमा शिवालय गाउँपालिकामा सरुवा भएपछि नयाँ अहेब नआउँदा अहिले स्वास्थ्यकर्मीको रिक्त रहेको जिल्ला कारागार शाखाका सहायक कर्मचारी लोकराज शाहीले बताए ।

कारागारमा स्वास्थ्यकर्मी नहुँदा सामान्य स्वास्थ्य समस्याका लागि पनि कैदीबन्दीलाई जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको कैदीबन्दी नाइके कुशबहादुर महताराले बताए । ‘कारागारमै स्वास्थ्यकर्मी हुँदा सामान्य स्वास्थ्य समस्या आएपनि देखाउथ्यौं, निकै सजिलो थियो,’ उनले भने, ‘अहिले केही भयो कि जिल्ला अस्पताल लैजानुपर्छ ।’ प्रेसर, सुगर, ढाड तथा घुडाजस्ता दीर्घरोगका बिरामी कारागारमा छन् ।

कारागारमा हालसम्म ६२ जना कैदीबन्दी रहेका छन् । ६० वर्ष नाघेका कैदीबन्दी २ जना रहेको समेत कारागार कार्यालयले जनाएको छ । जेलर चन्द्रबहादुर गिरी स्वास्थ्यकर्मी नहुँदा समस्या परेको बताए । ‘दरबन्दीको स्वास्थ्यकर्मी पठाउनका लागि पटक—पटक अनुरोध गरेका छौं,’ उनले भने, ‘अहिले लोकसेवाबाट माग भएको छ, छनौट भएपछि प्रदेशले पठाउने कुरा भएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ