२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचौरजहारीमा ब्लड बैंक सञ्चालन गरिने

चौरजहारीमा ब्लड बैंक सञ्चालन गरिने


वीरेन्द्रनगर—रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा ब्लड बैंक सञ्चालन हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी उपशाखा, चौरजहारी अस्पताल र चौरजहारी नगरपालिकाको त्रिपक्षीय साझेदारीमा आगामी गणतन्त्र दिवस ( जेठ १५) बाट ब्लड बैंक सञ्चालनमा आउने भएको हो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा चौरजहारीले आयोजना गरेको सर्वपक्षीय वैठकबाट ब्लड बैंक सञ्चालन गर्ने निर्णय गरिएको उपशाखा सभापति तेजबहादुर बटालाले जानकारी दिए ।

चौरजहारी नगरपालिकाको वडा नम्वर १ नाखिरामा रहेको रेडक्रसको आफ्नै भवनबाट ब्लड बैंक सञ्चालन गर्न लागिएको सभापति बटालाले बताए ।

‘ब्लड बैंकमा दुई सय पोका ब्लड स्टोर गर्न सकिने र त्यसको म्याद १ महिनासम्म रहने छ,’ उनले भने, ‘रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, र जाजरकोट जिल्लालाई केन्द्रीत गरेर चौरजहारीमा ब्लड बैंक स्थापनाको लागि विगत तीन वर्ष पहिलेदेखि प्रक्रिया अगाडि बढाएको छौं ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ