२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका दुई जिल्लाबाहेक अन्य जिल्लामा छैनन् निजी अस्पताल

कर्णालीका दुई जिल्लाबाहेक अन्य जिल्लामा छैनन् निजी अस्पताल


वीरेन्द्रनगर—कर्णालीका १० जिल्लामध्ये दुई जिल्लामा बाहेक अन्य जिल्लामा निजी अस्पताल नभएको पाइएको छ । राष्ट्र बैंकको आर्थिक प्रतिवेदन २०७९/८० का अनुसार कर्णालीको सुर्खेत र रुकुम पश्चिमबाहेकका जिल्लामा निजी अस्पताल नभएको पाइएको हो ।

प्रतिवेदनमा कर्णाली प्रदेशमा १४ वटा निजी अस्पताल रहेको जनाएको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा ११ वटा र रुकुम पश्चिममा ३ वटा निजी अस्पताल रहेका छन् ।

कर्णालीमा प्रदेशमा रहेका सरकारी/सामुदायिक अस्पतालको संख्या र ती अस्पतालहरुमा रहेका शैय्याहरुको संख्यामा क्रमसः ८.७० प्रतिशत र १.३२ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, चिकित्सकहरुको संख्यामा २.२२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तमा चिकित्सकको संख्यामा २१.६२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिसम्ममा कर्णाली प्रदेशमा जम्मा २५ वटा सरकारी/सामुदायिक अस्पताल र ९२१ वटा शैय्याहरु रहेका छन् ।

कर्णाली प्रदेशका १० जिल्लाहरुमध्ये कालिकोटमा ६, रुकुम पश्चिममा ५ र जाजरकोटमा ४ वटा सरकारी/सामुदायिक अस्पताल रहेका छन् । सुर्खेत, मुगु र दैलेखमा समान २/२ वटा र बाँकी जिल्लाहरुमा १/१ वटा सरकारी/सामुदायिक अस्पतालहरु सञ्चालनमा रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ