२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. डबल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. डबल


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) पदमा डा. डबल धामी नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. धामीलाई रेक्टारमा नियुक्त गरेका हुन् ।

मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसका आधारमा डा. धामीलाई नियुक्त गरेका हुन् । उपकुलपति डा. रावलले डा. धामीसहित डा.भूमीराज क्षेत्री र डा. कुशल भट्टराईको नाम सिफारिस गरेका थिए ।

यसअघि रेक्टरका लागि अन्य तीन जनाको नाम सिफारिस भएको थियो । तर, मन्त्री बस्नेतले उनीहरु बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा. रावलले नयाँ तीन जनाको नाम सिफारिस गरेका हुन् ।

उपकुलपति डा. रावलले रेक्टरका लागि यसअघि डा. राजीव शाह, डा. माया राई र डा. अनुस्मृती पालको नाम सिफारिस गरेका थिए ।

करार प्राध्यापक आन्दोलित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा करारमा कार्यरत अध्यापक/प्राध्यापकहरुले आन्दोलन सुरु गरेका छन् । प्रतिष्ठानको नियमितता र स्थायीत्वको लागि भन्दै उनीहरुले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

असार २३ सम्म कालोपट्टी बाँधेर सेवा सुचारु गर्ने, असार २४ देखि साउन ६ सम्म तालाबन्दीसहितको रिले अनशन कार्यक्रम गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

साउन ७ देखि अनिश्चितकालिन आकस्मिक चिकित्सकीय सेवाबाहेक अन्य सबै प्रकारका सेवाहरु अवरुद्ध गर्ने उनीहरुको तयारी छ । यसअघि कुलपति, उपकुलपतिलगायत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाए पनि आफ्नो माग सुनुवाई नभएपछि आन्दोलित हुनु परेको करारका प्राध्यापक बताउँछन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ