२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटमा अज्ञात रोगले एक जनाको मृत्यु, १७८ जना बिरामी

कालिकोटमा अज्ञात रोगले एक जनाको मृत्यु, १७८ जना बिरामी


जुम्ला—एक हप्तादेखि तिला गुफा नगरपालिका–१० रुडु र रानावाडा गाउँमा फैलिएको अज्ञात रोगबाट १३ वर्षीया बालिका कर्मा थापाको मृत्यु भएको छ । २० असारको विहान कर्माको मृत्यु भएको हो ।

सोही ठाउँमा अज्ञात रोगकै कारण १७८ जना बिरामी परेका छन् । १० देखि १२ वर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिन, टन्सिल हुने लक्षण रहेको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए ।

उनका अनुसार महादेव माध्यमिक विद्यालय रुडुमा कक्षा–६ मा पढ्ने बालिकाको मृत्यु भएको र धेरैको संख्यामा बालबालिकाहरु सिकिस्त बिरामी भएको नगरपािलकाबाट जानकारी आएपछि डा. रामानन्द चौधरीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पतालबाट खटाइएको छ ।

हालसम्म कुनै रोग पत्ता लागेको छैन भने गाउँमा थप रोग फैलिने त्रास बढिरहेको छ । ‘लगातारको ज्वरोले बालिकाको मृत्यु भयो, गाउँ भरी बिरामी भएका छन्,’ सोही वडाका अध्यक्ष मुनबहादुर थापाले भने ।

बालबालिकामा फरक रोग देखिएकाले तिलागुफा नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयलाई खबर पठाइएको जानकारी उनले दिए । उनकाअनुसार केही बालबालिकालाई अभिभावकले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र केहीलाई उपचार गर्न सुर्खेत लगेको पनि उनले बताए ।

अज्ञात रोकै कारण बालविकास केन्द्रमा पढ्ने १३ जना, कक्षा १ का २१ जना, कक्षा २ का ९ जना, कक्षा ३ का १८ जना, कक्षा ४ का १२ जना, कक्षा ५ का १६ जना, कक्षा ६ का ५ जना, कक्षा ७ का १२ जना, कक्षा ८ का १३ जना, कक्षा ९ का ७ र १० कक्षाका ४ जना गरी १ सय ३० जना बिरामी परेको विद्यालयका निमित्त प्रधानाध्यापक धर्मचन्द्र कोइरालाले जानकारी दिए ।

रुडु गाउँमा अज्ञात महामारी फैलिएपछि एक जना बालिकाको मृत्यु भएको, ५१ जना बिरामी परेको, बिरामीमध्ये २९ जना जुम्लामा भर्ना भएका र १८ जना प्रदेश अस्पताल सुर्खेतमा गएको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ