२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटको एउटै गाउँमा तीन सयभन्दा बढी बिरामी

कालिकोटको एउटै गाउँमा तीन सयभन्दा बढी बिरामी


वीरेन्द्रनगर—कालिकोटको तिलागुफा नगरपालिका– १० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी फेला परेका छन् । अज्ञात रोगका कारणले तीन सय ११ जना बिरामी फेला परेका हुन् ।

अज्ञात रोग फैलिएको गाउँमा शुक्रबार जिल्ला अस्पताल कालिकोट र तिलागुफा नगर अस्पतालबाट खटिएका चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले तीन सय ११ बिरामी फेला पारेका हुन् ।

रुडु गाउँमा तीन चिकित्सकसहित ९ स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण भएको अज्ञात रोग गाउँमा फैलिएपछि तिलागुफा नगर र जिल्ला अस्पताल मान्मबाट चिकित्सकसहितको टोलीले शुक्रबार रुडु गाउँ पुगेर बिरामीको परीक्षण गरी औषधि वितरण गरेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताए ।

‘शनिबार शिविर पनि संचालन भएको छ,’ उनले भने, ‘आज थप बिरामी पनि स्वास्थ्य जाँच हुनेछ । परीक्षणमा आएकामध्ये ९ जना बिरामीको रगतको नमुना संकलन गरेर सुर्खेत पठाइएको छ ।’

अधिकांश बिरामीहरु महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा। टंकप्रसाद आचार्य जानकारी दिए । ‘शुक्रबार १ सय ९४ महिला र १ सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि दिइएको छ,’ उनले भने, ‘जसमध्ये उपचार गर्न आउने १५ वर्षमुनिका बालबालिका दुई सय ६ जना छन् ।’

बिरामी धेरै भए पनि नियन्त्रण बाहिर नरहेको, सबै बिरामीमा एकै खालको लक्षण भएको डा। आचार्यले बताए । ‘जाँच गरिएका अधिकांश बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने (थुक निल्न गाह्रो हुने), मुख भित्र टन्सिल सुन्निएको र टन्सिल रातो भएको पाइएको छ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ