२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचन्दननाथको दुई उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान

चन्दननाथको दुई उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान


जुम्ला—चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले पालिका स्तरीय वार्षिक समीक्षा कार्यक्रममा दुई जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । स्वास्थ्य शाखाले आर्थिक वर्ष ०७९/०८० को वार्षिक समीक्षा कार्यक्रममा दुई जना स्वास्थ्यकर्मीलाई उत्कृष्ट सम्मान गरेको हो ।

महतगाउँ स्वास्थ्य चौकीका इन्चार्ज जनस्वास्थ्य निरीक्षक अधिकृत तत्तबहादुर महतलाई र आधारभूत स्वास्थ्य केन्द्र ठिन्केमा कार्यरत सिनियर अनमी सरिता सेजुवाललाई सम्मान गरिएको हो ।

चन्दननाथ नगरपालिकामा तीन वटा स्वास्थ्य चौकी, पाँच वटा आधारभूत स्वास्थ्य केन्द्र र एक वटा सहरी स्वास्थ्य केन्द्र रहेको जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । उनले भने, ‘९ वटा स्वास्थ्य संस्था र स्वास्थ्य शाखा गरी ५२ जनाको जनशक्ति रहेका छन् ।’

वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रका वार्षिक उपलव्धी, तथ्य तथ्यांक र सुधार गर्नुपर्ने पक्षका विषयमा छलफल भएको जनाएको छ । नगर क्षेत्रमा दुई जना मातृ मृत्यु रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ