२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

तिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा


जुम्ला— जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । हरेक आर्थिक वर्ष खोप उमेर समूहका बालबालिकाले पूर्ण खोप लगाए/नलगाएको अनिवार्य सुनिश्चितता गर्नुपर्ने कार्यक्रम रहेको खोप फोकल प्रसन उत्तम देवकोटाले बताए ।

उनले भने जन्मेदेखि १५ महिना उमेर समुहका ३९० जना र १६ देखि ५ वर्षका ९२७ जना बालबालिकाले पूर्ण खोप लगाएपछि पालिका खोप सुनिश्चितता घोषणा गरिएको हो ।

खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गरिनु हुँदैन् । छुटेका बालबालिकालाई पनि खोजेर खोप भन्ने कार्यक्रम उद्देश्य छ । सोही बमोजिम पालिकाभरिका सबै बालबालिकालाई पूर्ण खोप लगाएर गाउँपालिका घोषणा गरिएको खोप फोकल प्रसन देवकोटाले बताए ।

पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतले बताए ।

जिल्ला समन्वय समितिका सदस्य नरवीर सुनारले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ