२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगौरीगंगा स्वास्थ्य महोत्सवको तयारी पूरा

गौरीगंगा स्वास्थ्य महोत्सवको तयारी पूरा


धनगढी-गौरीगंगा नगरपालिकाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य महोत्सवको तयारी पूरा भएको छ ।

स्वास्थ्य महोत्सवको उद्धघाटन संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम छ । मन्त्री ढकाल कैलाली आइपुगेका छन् । स्वास्थ्य महोत्सवमा विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परिक्षण गरिने गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले बताए ।

आँखा, नाक, कान, घाँटी, महिलाहरुको पाठेघरको क्यान्सर जाँच, एचआईभी र हेपाटाइटिस बीको परिक्षण, औलो जाँच, सिकलसेल एनिमिया, आङ खस्ने समस्याको जाँच, मानसिक स्वास्थ्य परिक्षणको साथै रक्तदान कार्यक्रम, योग शिविर, पोषण सम्बन्धी जानकारी लगायत स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु रहेको जोशीले बताए ।

सास्कृतिक कार्यक्रमको तयारी समेत गरिएको छ । सेवाग्राहीका लागि बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ