२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढीको माया मेट्रो अस्पतालमा तीन करोडको लगानीमा सिटिस्क्यान सेवा सुरु

धनगढीको माया मेट्रो अस्पतालमा तीन करोडको लगानीमा सिटिस्क्यान सेवा सुरु


धनगढी– धनगढीको माया मेट्रो अस्पतालले संञ्चालनमा ल्याएको सिटिस्क्यान सेवाको उद्धघाटन गरिएको छ। संघीय सरकारका उद्योग, वाणिज्य तथा अपुर्ती मन्त्री लेखराज भट्टले उक्त सेवाको उद्धघाटन गरेका हुन्। सिटिस्क्यानको लागि प्रदेश बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यका साथ उक्त सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बताए।

‘अस्पतालले ६४ स्लाईसको सिटिस्क्यान मेसिन संञ्चालनमा ल्याएको छ।’ उनले भने, ‘झण्डै तीन करोडको लगानीमा सिटिस्क्यान मेसिन संञ्चालनमा ल्याईएको हो।’

सिटिस्क्यान सेवाको उद्धघाटन कार्यक्रमका प्रमुख अथिती समेत रहेका उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले स्वास्थ्य क्षेत्र सेवामुलक व्यवसाय भएका कारण सिटिस्क्यान सेवाले धैरैको जिवन जोगाउने विश्वस व्यक्त गरे।

माया मेट्रो अस्पतालले सेवा विस्तार गर्दै सिटिस्क्यान मेसिन संञ्चालन गरेपछि नागरिकले थप सेवा पाउने उद्धघाटन कार्यक्रममै सहभागि राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवँरले बताए।

धनगढीमै सिटिस्क्यान सेवा सञ्चालन भएपछि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने कार्यक्रममा सहभागी धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले बताए।

‘सिटिस्क्यानमा मानिस वरिपरि एउटा गोलाकार मेसिन हुन्छ।’ अस्पतालका रेडियोलोजी डाक्टर अशोक पन्तले भने, ‘एक्सरे र कम्प्युटरको सहयोगले शरिरका भित्री भागहरुको अध्ययन गर्दछ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ