२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशचिकित्सक संघ लुम्बिनी शाखामा नयाँ नेतृत्व : अध्यक्षमा डा. ढकाल, महासचिवमा डा. पोखरेल

चिकित्सक संघ लुम्बिनी शाखामा नयाँ नेतृत्व : अध्यक्षमा डा. ढकाल, महासचिवमा डा. पोखरेल


बुटवल—नेपाल चिकित्सक संघ लुम्बिनी शाखामा सर्वसम्वत नयाँ नेतृत्व चयन भएको छ । मंगलबार भएको अधिवेशनले डा. इन्द्र ढकाललाई अध्यक्ष र डा. सन्तोष पोखरेललाई महासचिवमा चयन गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा डा. डिवी खत्री, उपाध्यक्षमा डा. संदीप सुवेदी चयन भएका छन् । अधिवेशनले कोषध्यक्षमा डा. सरिता देवी श्रेष्ठ, सह—सचिवमा सागर क्षेत्री, सह—कोषाध्यक्षमा डा. नेत्रबहादुर राना निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यमा डा. विनोदकुमार पराजुली, डा. वर्षा थापा, डा. समीर आचार्य, डा. मोहन तिवारी, डा. राजकुमार श्रेष्ठ र डा. खलिल मिया निर्वाचित भएको प्रमुख मतदान अधिकृत डा. कृष्ण खरेलले बताए ।

मतदान अधिकृत डा. सम्राट पराजुलीले फागुन भित्र सबै शाखाको निर्बाचन सम्पन्न गर्ने कार्यअनुसार नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको निर्वाचन गरिएको बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ