२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकपडाको मास्क जनस्वास्थ्य हित विपरित : डा. गिरी

कपडाको मास्क जनस्वास्थ्य हित विपरित : डा. गिरी


बुटवल—विश्वमा नै भयावहका रुपमा संक्रमित रहेको कोरोना भाइरस (कोेभिड १९) को संक्रमणबाट बच्न आंतकित पार्ने र भ्रम फैलने सन्देश एवं गतिविधि नगर्न स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । कोरोनाका विषयमा सर्वसाधारणलाई त्यसबाट बच्ने उपायका रुपमा दिने गरिएका कतिपय सुझाव र फैलाइएका सन्देशहरु बढी आंतकित गराउने खालका भएका कारण सचेत हुन आग्रह पनि उनीहरुले गराएका छन् ।

शनिबार रोटरी क्लब अफ बुटवलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ स्वाश्थ्य निर्देशनालयका निर्देशक डा.विनोद गिरीले सामाजिक सञ्जालमा आएका सुचनाहरुले भ्रम छर्ने काम गरेको हुँदा कोरोनाका बारेमा स्वास्थ्यकर्मी तथा फोकलपर्सनहरुले दिएका सुझाव र सल्लाहअनुसार गतिविधि गर्न आग्रह गरे । डा. गिरीले पब्लिक हेल्थका विषयमा बोल्दा र सुझाव दिदा एकरुपता ल्याउनु जरुरी भएको भन्दै कोरोना नेपालमा नभएकोले त्रसित होइन सचेत हुनु जरुरी रहेको बताए ।

डा. गिरीले बजारमा कोरोनामा नाममा वितरण गरिएका कपडाका माक्सहरु जनस्वास्थ्य हित विपरित भएको हुँदा त्यसको प्रयोग नगर्न आग्रह पनि गरे । उनले अस्पताल, हेल्थ डेस्क तथा सरकारले तोकेका फोकल पर्सनबाट मात्र कोरोनाका बारेमा जानकारी लिने र संक्रमणको शंका भएमा स्वास्थ्य उपचारका लागि सम्पर्क गर्न आव्हान गरे ।

निर्देशक डा. गिरीले कोरोनाको संक्रमण भएका देशमा रहेका वा विदेशबाट आएका व्यक्तिहरुमा मात्र यसको संक्रमण डर हुने हुँदा त्यसको निगरानी नै पहिलो प्राथमिकता हुनुपर्ने बताउदैं यसको सबैभन्दा बढी रिस्क उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी र संक्रमितको परिवारको सदस्य हुने जानकारी दिए ।

उनले ५ नं. प्रदेशमा मेडिकल माक्स र स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सामाग्रीको अभाव रहेको हुँदा त्यसको उपलब्धताका लागि सामाजिक संघसंस्थाहरुले दातृनिकायहरुसँग पहल गर्न आग्रह गरे । यस प्रदेशमा ल्याव टेष्टका लागि ३ जना प्राविधिकलाई विशेष तालिम दिएर प्रयोगशाला सञ्चालनमा ल्याएको जानकारी उनले दिए ।

सो अवसरमा स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५ का प्रवक्ता रोशनलाल चौधरीले जनशक्तिको अभावकाबीच पनि कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि काम भैरहेको बताउदंै सर्वसाधारण नागरिक आतंकित भएर होइन सचेत भएर आफै लाग्नुपर्ने सुझाव दिए ।
चौधरीले प्रदेशमा विभिन्न सरकारी तथा नीजि अस्पतालहरुमा हालसम्म ८९ वेड आइसोलेसनका लागि तयार गरिएको जानकारी दिदैं क्वारेन्टाइनको व्यवस्था पनि छिट्टै गरिने बताए । उनले प्रदेश ५ मा तीन ठाउँमा क्वारेन्टाइनको व्यवस्था गर्न थालिएको बताए । उनकाअनुसार बुटवलमा बुटवल धागो कारखाना भवन, दाङमा वेलझुल्डीमा रहेको आयुर्वेदिक अस्पतालको भवन र बाँकेमा खजुरास्थित कपाल निगमका भवनलाई क्वारेन्टाइन क्षेत्र तोकिने तयारी भएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ