गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा कोभिड संक्रमणको पुष्टि भएको ५४ दिन, के गर्दैछ सरकार ? नेपालमा कोभिड संक्रमणको पुष्टि भएको ५४ दिन, के गर्दैछ सरकार ? हेल्थ आवाज सोमबार, २०७६ चैत्र ३ गते, १३:४३ मा प्रकाशित health-aawaj काठमाडौं— नेपालमा पहिलोपटक कोरोना भाइरस अर्थात् ‘कोभिड १९’ पुष्टि भएको आज ५४ दिन पुगेको छ । गत माघ १० गतेको दिन एउटा संक्रमणको केस पुष्टि भएको थियो । जनकपुरका एक युवकमा कोरोना संक्रमण देखिएको हो । त्यसपछि यता कुनै पनि व्यक्तिमा कोरोना ‘पोजेटिभ’ देखिएको छैन । त्यस लगत्तै कोरोना नियन्त्रण गर्न सरकारले पहल कदमी सुरु गर्यो। तर सरकारले पहिलो संक्रमित व्यक्तिका परिवार तथा आफन्तको भने नमुना परिक्षण गरेको छैन । उनको उपचारमा १९ स्वास्थ्यकर्मी खटिएका थिए । उनीहरु पनि १४ दिनसम्म आफै होम क्वारेन्टाइनमा बसेका थिए । तर कुनै लक्षण नदेखिए पछि फेरी उनीहरु कामलाई निरन्तरता दिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त ओझाका अनुसार संक्रमितको परिवारमा कुनै लक्षण नदेखिएकाले कोरोना परिक्षण नगरिएको हो । सरकारको ध्यान नपुगेका क्षेत्र विशेषगरी कोरोना नियन्त्रण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने र भारतसँग सीमाना जोडिएका खुला नाका बन्द गराउने विषयमा अहिलेसम्म निर्णय भएको छैन । कोरोना भाइरसको संक्रमण फैलिएका देशहरुबाट अहिले पनि नेपालमा निर्बाध रुपमा विमानहरु आइरहेका छन् । सबैभन्दा भीडभाड हुने स्थल विद्यालय र सिनेमा हल अझै बन्द भएका छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता सागर दाहालले नयाँ केस देखिए लगत्तै सम्बन्धित सहर बन्द हुने बताएका छन्। कोरोना देखिए पछि नेपालमा भएका काम पौष १५, २०७६ चीनको वुहान शहरमा निमोनियाको रोगीहरूको संख्या अस्वाभाविक रुपमा बढेको पौष २२, २०७६ रोगको कारण ‘नोभेल कोरोना भाइरस’ भनि पत्ता लागेको पौष २४, २०७६ प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आकस्मिक बैठक आयोजना गरी यथास्थिति बुझ्नुका साथै रोकथाम र नियन्त्रणका लागि योजनाबद्धरुपमा कार्य गर्न निर्देशन भएको । माघ ९, २०७६ नेपालमा एउटा नोभेल कोरोना भाइरस रोगको विरामी देखा परेका थिए । माघ १६, २०७६ विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य आपतकाल घोषणा गरेको थियो । माघ १९ — २० २०७६ प्रधानमन्त्री ओलीबाट यस विषयमा अविलम्ब आवश्यक व्यवस्था मिलाउन निर्देशन भएको थियो। माघ २१, २०७६ प्रधानमन्त्री ओलीद्वारा यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक उपायको पहिचान गर्न एवम क्वारेन्टाइनको तयारी गर्न निर्देशन भए पश्चात उपयुक्त क्वारेनटाइन क्षेत्रको स्थानको खोजि गरी चीनबाट नेपाली नागरीकलाई ल्याउने तयारी गरिएको थियो। माघ २६, २०७६ चीन जाने मेडिकल टिमको पहिचान माघ २७, २०७६ राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा सम्पूर्ण मेडिकल टिमलाई तालिम संचालन माघ २८, २०७६ विश्व स्वास्थ्य संगठनले रोगको नामाकरण ‘कोभिड १९’ राखेको फगुन ३, २०७६ नेपाल वायुसेवा निगमको विमान काठमाण्डौंबाट चीनको वुहानमा प्रस्थान गरेको फगुन ४, २०७६ पहिलो पटक १७५ जना नेपालीलाई उद्धार गरी स्वदेश ल्याइएको फगुन ४ – १८, २०७६ उद्दार गरिएका व्यक्तिहरुलाई १६ दिनसम्म क्वाराइन्टाइनमा राखिएको फगुन १८, २०७६ क्वाराइन्टाइनमा राखिएका सबै व्यक्तिहरुको नमुना परिक्षणको नतिजा नेगेटिभ आएकोले घर पठाइएको फगुन १८, २०७६ कोभिड १९ रोगको नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति गठन गरिएको फागुन २२, २०७६ कोभिड रोगको नियन्त्रण तथा रोकथामका लागि श्रीमान मुख्य सचिवज्यूको संयोजकत्वमा कार्यदल गठन भएको चैत्र २, २०७६ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माननीय मन्त्रीज्यूको संयोजकत्वमा स्वास्थ्य समन्वय समिति, सचिवज्यूको संयोजकत्वमा निर्देशक समिति र प्रमुख विशेषज्ञको संयोजकत्वमा एक कार्यदल गठन भएको क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन