२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोभिड संक्रमणको पुष्टि भएको ५४ दिन, के गर्दैछ सरकार ?

नेपालमा कोभिड संक्रमणको पुष्टि भएको ५४ दिन, के गर्दैछ सरकार ?


काठमाडौं— नेपालमा पहिलोपटक कोरोना भाइरस अर्थात् ‘कोभिड १९’ पुष्टि भएको आज ५४ दिन पुगेको छ । गत माघ १० गतेको दिन एउटा संक्रमणको केस पुष्टि भएको थियो । जनकपुरका एक युवकमा कोरोना संक्रमण देखिएको हो । त्यसपछि यता कुनै पनि व्यक्तिमा कोरोना ‘पोजेटिभ’ देखिएको छैन ।

त्यस लगत्तै कोरोना नियन्त्रण गर्न सरकारले पहल कदमी सुरु गर्यो। तर सरकारले पहिलो संक्रमित व्यक्तिका परिवार तथा आफन्तको भने नमुना परिक्षण गरेको छैन । उनको उपचारमा १९ स्वास्थ्यकर्मी खटिएका थिए । उनीहरु पनि १४ दिनसम्म आफै होम क्वारेन्टाइनमा बसेका थिए । तर कुनै लक्षण नदेखिए पछि फेरी उनीहरु कामलाई निरन्तरता दिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त ओझाका अनुसार संक्रमितको परिवारमा कुनै लक्षण नदेखिएकाले कोरोना परिक्षण नगरिएको हो ।

सरकारको ध्यान नपुगेका क्षेत्र

विशेषगरी कोरोना नियन्त्रण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने र भारतसँग सीमाना जोडिएका खुला नाका बन्द गराउने विषयमा अहिलेसम्म निर्णय भएको छैन । कोरोना भाइरसको संक्रमण फैलिएका देशहरुबाट अहिले पनि नेपालमा निर्बाध रुपमा विमानहरु आइरहेका छन् । सबैभन्दा भीडभाड हुने स्थल विद्यालय र सिनेमा हल अझै बन्द भएका छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता सागर दाहालले नयाँ केस देखिए लगत्तै सम्बन्धित सहर बन्द हुने बताएका छन्।

कोरोना देखिए पछि नेपालमा भएका काम

पौष १५, २०७६

  • चीनको वुहान शहरमा निमोनियाको रोगीहरूको संख्या अस्वाभाविक रुपमा बढेको

पौष २२, २०७६

  • रोगको कारण ‘नोभेल कोरोना भाइरस’ भनि पत्ता लागेको

पौष २४, २०७६

  • प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आकस्मिक बैठक आयोजना गरी यथास्थिति बुझ्नुका साथै रोकथाम र नियन्त्रणका लागि योजनाबद्धरुपमा कार्य गर्न निर्देशन भएको ।

माघ ९, २०७६

  • नेपालमा एउटा नोभेल कोरोना भाइरस रोगको विरामी देखा परेका थिए ।

माघ १६, २०७६

  • विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

माघ १९ — २० २०७६

  • प्रधानमन्त्री ओलीबाट यस विषयमा अविलम्ब आवश्यक व्यवस्था मिलाउन निर्देशन भएको थियो।

माघ २१, २०७६

  • प्रधानमन्त्री ओलीद्वारा यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक उपायको पहिचान गर्न एवम क्वारेन्टाइनको तयारी गर्न निर्देशन भए पश्चात उपयुक्त क्वारेनटाइन क्षेत्रको स्थानको खोजि गरी चीनबाट नेपाली नागरीकलाई ल्याउने तयारी गरिएको थियो।

माघ २६, २०७६

  • चीन जाने मेडिकल टिमको पहिचान

माघ २७, २०७६

  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा सम्पूर्ण मेडिकल टिमलाई तालिम संचालन

माघ २८, २०७६

  • विश्व स्वास्थ्य संगठनले रोगको नामाकरण ‘कोभिड १९’ राखेको

फगुन ३, २०७६

  • नेपाल वायुसेवा निगमको विमान काठमाण्डौंबाट चीनको वुहानमा प्रस्थान गरेको

फगुन ४, २०७६

  • पहिलो पटक १७५ जना नेपालीलाई उद्धार गरी स्वदेश ल्याइएको

फगुन ४ – १८, २०७६

  • उद्दार गरिएका व्यक्तिहरुलाई १६ दिनसम्म क्वाराइन्टाइनमा राखिएको

फगुन १८, २०७६

  • क्वाराइन्टाइनमा राखिएका सबै व्यक्तिहरुको नमुना परिक्षणको नतिजा नेगेटिभ आएकोले घर पठाइएको

फगुन १८, २०७६

  • कोभिड १९ रोगको नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति गठन गरिएको

फागुन २२, २०७६

  • कोभिड रोगको नियन्त्रण तथा रोकथामका लागि श्रीमान मुख्य सचिवज्यूको संयोजकत्वमा कार्यदल गठन भएको

चैत्र २, २०७६

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माननीय मन्त्रीज्यूको संयोजकत्वमा स्वास्थ्य समन्वय समिति, सचिवज्यूको संयोजकत्वमा निर्देशक समिति र प्रमुख विशेषज्ञको संयोजकत्वमा एक कार्यदल गठन भएको

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ