२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगड्डाचौकी नाकामा नेपाली सेनाको स्वास्थ्यकर्मी टोली खटियो

गड्डाचौकी नाकामा नेपाली सेनाको स्वास्थ्यकर्मी टोली खटियो


धनगढी—पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपाल भित्रिनेहरुको स्वास्थ्य परिक्षणका लागि नेपाली सेनाको स्वाथ्यकर्मीको टोली खटिएको छ । शुक्रबारदेखि सेनाले गड्डाचौकीस्थित हेल्थ डेस्कमा स्वास्थ्य परिक्षणका लागि पाँच जनाको स्वास्थ्यकर्मीको टोली खटाएको हो ।

यहाँको श्री न. २५ बाहिनी अड्डा र सिंह शार्दुल गुल्म भगतपुर ब्यारेकको श्री न. २५ फिएको सैनिक स्वास्थ्यकर्मीको टोली खटिएको सेनाले जनाएको छ ।

सेनाले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्ला सुरक्षा समितिलगायत विभिन्न निकायसँगको सहकार्यमा काम गर्न तत्पर रहेको श्री नं. २५ बाहिनी अड्डाले जनाएको छ ।

श्री न.२५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शंकरबहादुर पण्डित, प्रमुख सेनानी जीवन कार्की, सिंह शार्दुल गुल्मका गुल्मपति प्रणयजंग मल्ल,बाहिनीका सेनानी गोरख पुजारा र श्री न. २५ फिएका डा.अल्का मजगैयाले ब्रह्मदेव र गड्डाचौकी सीमा नाकाको स्थलगत अवलोकन समेत गरेका थिए ।

संक्रमणको त्रास फैलिएपछि पश्चिमी नाका गड्डाचौकी भएर नेपाल फर्किनेको संख्या बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका नेपालीहरु घर फर्कन थालेका हुन । हेल्थ डेस्क गड्डाचौकीका अनुसार नेपाल भित्रिनेको संख्या दैनिक चारदेखि पाँच हजार छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ