२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचौथो कोभिड-१९ संक्रमितः धनगढीकै स्थानीय वासिन्दा

चौथो कोभिड-१९ संक्रमितः धनगढीकै स्थानीय वासिन्दा


धनगढी–काठमाडौं बाहिर पहिलो पटक कोभिड-१९ पुष्टी भएका युवा धनगढी उपमहानगरपालिका स्थानीय रहेको खुल्न आएको छ । दुबईबाट आएका उनी चैत ७ गते नयाँदिल्ली हुँदैं काठमाडौं ओर्लिएका थिए । उनी ११ गते सामान्य ज्वरो र टाउको दुखेको लक्षण लिएर अस्पताल भर्ना भएका थिएँ ।

धनगढी मुख्य बजारबाट आधा घण्टाको पैदल दूरीका ती युवा साथीको सहायतामा सेती प्रादेशिक अस्पताल आएका थिएँ । विदेशबाट आएको ट्राभल हिष्ट्री भएपछि चिकित्सकले थ्रोट स्वाव लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको अस्पतालले जानकारी दियो ।

स्वाब काठमाडौं पठाएर उनलाई अस्पतालमै भर्ना गरी आइसोलेसनमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सककाअनुसार उनी सामान्य अवस्थामा रहेका छन् । काठमाडौंमा मन्त्रालयले ३४ वर्षीया ती युवकमा कोभिड–१९ पोजेटिभ देखिएको पुष्टी गरेलगतै सेती प्रादेशिक अस्पतालले विज्ञप्ति जारी गर्दै धनगढीका ती व्यक्तिको उपचारमा कुनै कमी नभएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले युवकलाई अस्पतालसम्म पुर्याउनेको खोजी सुरु गरिएको जानकारी दिए । युवकलाई संक्रमण देखिएसँगै उनको परिवारलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालले शुक्रबार दिएको जानकारीअनुसार अहिलेसम्म १९ जना शंकास्पद कोभिड– १९ का बिरामी आइसोलेसनमा भर्ना गरिएकोमा ९ जनाको थ्रोट स्वाबको नमुना परीक्षण रिपोर्ट आएकोमा ८ जनाको नेगेटिभ देखिएको र १ जनाको पोजेटिभ देखिएको जनाएको छ ।

आइसोलेसनमा भर्ना रहेका अन्य १० जनाको थ्रोट स्वाबको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । आइसोलेसनमा भर्ना भएकामध्ये नेगेटिभ रिपोर्ट आएका ८ जनालाई भने अस्पतालले उपचारपछि डिस्चार्ज गरिसकेको जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ