२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआकस्मिक सेवामा ढिलाई नगर्न नेपाल मेडिकल काउन्सिलको अपिल

आकस्मिक सेवामा ढिलाई नगर्न नेपाल मेडिकल काउन्सिलको अपिल


काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लक डाउनको समयमा उपचार नपाई जनताले कष्ट भोगेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आचरसहिता पालना गर्न आग्रह गरेको छ। बिहिबार काउन्सिलले सुचना सार्वजनिक गरी ‘कोभिड-१९’ को लागि नतोकिए अस्पतालहरुले कोभिडका विरामी बाहेक अन्य रोगीहरुको सेवा यथावत राख्न अपिल गरेको हो।

चिकित्सकहरुले निर्देशिका अनुसार सुरक्षा कवच लगाई विरामीको उपचारमा सरिक हुनुपर्ने काउनसिल जनाएको छ। ‘कोभिड-१९’ को महामारी फैलिएसँगै यसको रोकथामको लागि देशभर लकडाउन गरएको छ। उक्त समयमा जनताले उपचार नपाएको गुनासो आएपछि काउन्सिल उक्त कदम चालेको हो। यसको साथै आकस्मिक सेवामा ढिलाई नगर्न समेत काउन्सिलले आग्रह गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ