२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारको सही कामले कोरोना फैलिन पाएको छैन : राष्ट्रपति

सरकारको सही कामले कोरोना फैलिन पाएको छैन : राष्ट्रपति


काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका उचित कदमका कारण नेपालमा कोरोना (कोभिड–१९) संकमण फैलिन नपाएको बताएकी छन् । शुक्रबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सही समयमा सही निर्णय लिएर संक्रमण फैलन नदिएको दावी गरिन् ।

उनले अहिले विश्व नै कोरोनाको संक्रमणसँग जुधिरहेको बेला सबैले संयमता अपनाएर यसलाई पररास्त गर्नुपर्ने बताइन् । ‘यसबाट बच्न भावनामा बहनेभन्दा पनि नेपाल सरकारले चालेका कदममा सहयोग गर्नुहोस्,’ उनले भनिन्, ‘यसैमा हामी, परिवार र समाज सबैको जीवन जोगाउन सफल हुन्छौ ।’

उनले देश लकडाउनमा जाँदा अर्थव्यवस्था असर पुगेको, दैनिक ज्यालादारीबाट जीवनयापन गर्ने सबैभन्दा बढी पीडित भएकोले सरकारले राहात प्याकेज घोषण गरेको उल्लेख गरिन् । विदेशमा रहेका नेपालीलाई जो जहाँ छन्, त्यही बसेर कोरोना विरुद्ध लड्न अनुरोध समेत उनको थियो ।

उनले रोग फैलन नदिन केन्द्र, प्रदेश र स्थानीय सकारले खेलेको भूमिकाको प्रशंसा गरिन् । अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाइे धैर्यता प्रदर्शन गर्न अनुरोध गर्दै सरकार सधै साथमा रहेको राष्ट्रपतिको भनाइ थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ