२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसरकारलाई निजी क्षेत्रबाट पिसिआर मेसिन सहयोग

सरकारलाई निजी क्षेत्रबाट पिसिआर मेसिन सहयोग


बुटवल-प्रदेश ५ सरकारले भैरहवामा सञ्चालन गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि निजी एक ल्यावले कोरोना भाइरस परीक्षण पिसिआर मेसिन सहयोग गरेको छ । नेशनल प्याथ ल्यावले कोरोना परीक्षण उपकरण शुक्रबार सामाजिक विकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गरेको हो ।

ल्यावले यसअघि नैं कोरोना परीक्षण गर्ने सम्पूर्ण उपकरण आफूसँंग रहेको बताए पनि परीक्षणको अनुमति निजी क्षेत्रलाई नभएकोले परीक्षण गर्न सकेको थिएन ।

तत्कालका लागि उक्त मेसिनसहितका उपकरण प्रदेश सरकारको प्रयोगशालाका लागि सहयोग गरिएको ल्यावका सञ्चालक शरद भुसालले जानकारी दिए । उनले अहिलेको महामारीको अवस्थामा सरकारले धेरै भन्दा धेरै परीक्षण गर्न सकोस् भन्ने उद्देश्यले मेसिन उपलब्ध गराएर सहयोग गरेको बताए ।

उनले सरकारले आवश्यक ठानेमा अन्य खालका पनि सहयोगका लागि आफूहरु तयार रहेको बताए । पटक–पटक सरकारी निकायलाई आफूहरु सहयोग गर्न तयार रहेको बताए पनि वेवास्ता भएको भन्दै उनले ढिलै भएपनि सरकारले सहयोग महसुस गरी मेसिन ग्रहण गरेको उनको भनाइ छ ।

सामाजिक विकास मन्त्री बरालले विपत्तिका बेला सबैको सहयोग सरकारलाई आवश्यक रहेको भन्दै यो मेसिन तत्काल प्राविधिकहरुलाई उपलब्ध गराई संचालनमा ल्याउने बताए । चारै तिरबाट परीक्षणको रिपोर्ट निकाली दिनका लागि दवाव आएको भन्दै उनले यो मेसिन पूर्ण रुपमा संचालन गर्न सकिए धेरै खालको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ