२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ७७ जिल्लामा आरडिटी परीक्षण, १५ स्थानमा पीसीआर

७७ जिल्लामा आरडिटी परीक्षण, १५ स्थानमा पीसीआर


काठमाडौं—देशभर हालसम्म कोरोना भाइरस (कोभिड—१९) को आशंकामा परीक्षण हुनेको संख्या ४० हजार ४ सय ३१ पुगेको छ । पीसीआर प्रविधीबाट ९ हजार ११ र आरडिटीबाट ३१ हजार ४ सय २० जनाको नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार हालसम्म ४५ जना संक्रमित फेला परेका छन् । बुधबार मात्रै तीन जना थपिएका हुन् । ७ जना निको भएर घर फर्किएका छन् भने बाँकी ३५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

मन्त्रालयकाअनुसार आरडिटी परीक्षण ७७ जिल्लामा पुगेको छ । शंकास्पद व्यक्तिको आरडिटीमार्फत कोभिड—१९ परीक्षण गर्दा पोजेटिभ आएको खण्डमा पीसीआर परीक्षणका लागि तोकिएका प्रयोगशालामा पठाउने गरिन्छ । ३५ संक्रमित पाटन अस्पतालमा २, बाग्लुङ अस्पतालमा १, भरतपुर अस्पतालमा २, धनगढीमा २, वीरगञ्जमा ४ र विराटनगरमा २४ जना छन् ।

पीसीआर कहाँ—कहाँ हुन्छ जाँच

  •  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
  • शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु
  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
  • कोशी अस्पताल, विराटनगर
  • जनकपुर प्रादेशिक, अस्पताल
  • भरतपुर अस्पताल कोभिड—१९ प्रयोगशाला
  • प्रादेशिक प्रयोगशाला, भैरहवा
  • वीर अस्पताल, काठमाडौ
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडा
  • काठमाडौ शिक्षण अस्पताल, धुलिखेल
  • पाटन अस्पताल, ललितपुर
  • सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत
  • भेरी अस्पताल, नेपालगञ्ज
  • सेती प्रादेशिक अस्पताल, धनगढी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ