२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ का दुवै कोरोना संक्रमित भारतबाट फर्किएका व्यक्ति, रुपन्देहीका संक्रमित लुकिछिपी नेपाल आएका थिए

प्रदेश ५ का दुवै कोरोना संक्रमित भारतबाट फर्किएका व्यक्ति, रुपन्देहीका संक्रमित लुकिछिपी नेपाल आएका थिए


बुटवल—प्रदेश नं. ५ मा कोरोना भाइरस (कोभिड—१९) संक्रमणको ‘ब्रेक आउट’ भएको छ । शुक्रबार पहिलो पटक प्रदेशका दुई जनामा कोभिड—१९ पोजेटिभ पुष्टी भएको हो ।

कोभिड—१९ संक्रमित दुवै भारतबाट नेपाल आएको पाइएको छ । तीमध्ये एक जना लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका हुन् । कोभिड–१९ को संक्रमण देखिएका रुपन्देहीका युवक दुई साताअघि भारतबाट आएको पाइएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय ती युवक ५ वैशाखमा भारतबाट लुकिछिपी घर आएका थिए । उनी भारतबाट आएलगत्तै घरमा नपुगी क्वारेन्टाइनमा बसेको बताइए पनि यसबीचमा उनी कति जनाको सम्पर्कमा आएका थिए भन्ने कुरा अझै खुल्न सकेको छैन । ती युवा मर्चवार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइन स्थलमा बसेको थिए ।

क्वारेन्टाइनमा बसेका १० जनाको परीक्षण गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको हो । गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवले उनलाई बुटवलको कारोना अस्पताल पु¥याइएको र चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रमुख डा. राजेन्द्र गिरीले उनको परिवारका सबै सदस्य र उनको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण गरिने जानकारी दिए ।

यता, बाँकेको नेपालगञ्जका कोरोना संक्रमित ६० वर्षका पुरुष पनि भारतबाटै आएको पाइएको छ । उनी एक महिनाअघि भारतको बहराइचबाट नेपाल आएका थिए ।

उनी एक महिनाअघि महेन्द्र वहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा कर्णालीका विभिन्न जिल्लाका पाँच सयजना भन्दा बढी व्यक्तिसँगै क्वारेन्टाइनबाट बसेको बताइएको छ । प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयका डा. उमाशंकर चौधरीले उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी (ट्रेसिङ) कार्य सुरु भइसकेको जानकारी थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ