२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमास्कमा कालोबजारी गर्ने फार्मेसीलाई दुई लाख जरिवाना

मास्कमा कालोबजारी गर्ने फार्मेसीलाई दुई लाख जरिवाना


धनगढी – मास्कमा कालोबजारी गरेको भन्दै कैलालीको अत्तरियामा रहेको हिमाल फार्मेसीलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ। संयुक्त बजार अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा बढि मूल्य असुलेर बिक्रि वितरण गरी कालोबजारी गरिएको भेटिएको पाईएपछि कारवाही स्वरुप जरिवाना गरिएको हो।

त्यस्तै, म्याद नाघेको औषधी बिक्रि वितरण गरेको भन्दै धनगढीको सरोज मेडिकललाई जरिवाना गरिएको छ। चौराहमा रहेको सरोज मेडिकल हलले म्याद नाघेको औषधी अन्य स्वास्थ्य समाग्रीको बिक्रि गरेको बिल जारी नगरेको भेटिएपछि २० हजार जरिवाना गरिएको हो।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले अनुगमनका क्रममा फार्मेसीले कानुन विपरित कार्य गरेकाले जरिवाना बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ