२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १३४ पुग्यो

कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १३४ पुग्यो


काठमाडौं-थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रुपन्देहीमा ६, कपिलवस्तुमा ६ र बर्दियामा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र बुद्धभूमी नगरपालिका-७ मा १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोभिड-१९ संक्रमण देखिएको छ ।

यस्तै, रुपन्देहीको समरिमाई गाउँपालिका-७ र लुम्बिनी सांस्कृतिक नगरपालिका-६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषहरुमा पनि कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

उनकाअनुसार बर्दिया राजापुर ५ निवासी एक जना ११ वर्षीया महिलामा पनि कोभिड-१९ पोजेटिभ देखिएको छ ।

योसँगै २४ घण्टाभित्र कोभिड १९ देखिनेको संख्या २४ जना पुगेको छ । यसअघि सोमबार नै कपिलवस्तुमा १० जना र सप्तरीमा एक जनामा कोभिड-१९ पोजेटिभ देखिएको थियो ।

नेपालमा हालसम्म १ सय ३४ जनामा कोभिड-१९ पुष्टी भएको छ भने ३३ जना निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ