२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२६ लाख नेपाली कोरोनाको उच्च जोखिम समूहका

२६ लाख नेपाली कोरोनाको उच्च जोखिम समूहका


काठमाडाैं-नेपालमा कोभिड-१९ को कारण २ जनाको मृत्यु भएपछि उच्च जोखिममा रहेका मानिसमा त्रास बढेको छ। विश्व स्वास्थ्य संगठनको (डब्लुएचओ)अनुसार ६० वर्षभन्दा माथि उमेर समूहका र दीर्घरोगका बिरामीहरु कोरोनाको उच्च जोखिममा रहेका छन् ।

उमेर समूहको मानिसलाई उच्च जोखिममा राख्नुको कारण दिदैं डब्लुएचओले भनेको छ, ‘उमेर बढ्दै गएपछि मानिसको रोग प्रतिरोधात्मक क्षमता घट्दै जान्छ । जसको कारण मानिसलाई सजिलै रोगले एट्याक गर्न सक्छ।’

नेपालमा कति छन ६० वर्ष माथिका समूह ?

केन्द्रिय तथ्याकं विभागकाअनुसार २५ लाख ९५ हजार ९ सय ८ जना ६० वर्ष माथिका मानिसहरु छन्।

उमेर समूह: ६० ‍— ६४
८ लाख ३६ हजार सय ७ सय ६० जना ।
पुरुष — ४ लाख ११ हजार ४ सय ९९ सय जना
महिला — ४ लाख २५ हजार २ सय ६१जना।

उमेर समूह : ६५ ‍— ६९
६ लाख ६७ हजार १ सय १२ जना
पुरुष — ३ लाख २४ हजार ४ सय ३९ जना
महिला — ३ लाख ४२ हजार ६ सय ७३ जना

उमेर समूह : ७० ‍— ७४
५ लाख ७१ हजार ७९ जना
पुरुष ‍— २ लाख ३८ हजार ८९ जना।
महिला ‍— २ लाख ६८ हजार ९० जना।

उमेर समूह : ७५ ‍— ७९
३ लाख ४५ हजार ९ सय ४२ जना
पुरुष ‍— १ लाख ६० हजार ७ सय ९९ जना
महिला ‍—१ लाख ८५ हजार १ सय ४४ जना

उमेर समुह ८० वर्षमाथि
२ लाख ३९ हजार ९ सय १६ जना
पुरुष ‍— १ लाख ६ हजार ६० जना
महिला ‍— १ लाख २९ हजार २ सय ५५ जना

दीर्घरोगका बिरामीहरु कति ?

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ बाट मृत्यु भएकामध्ये १३.२ प्रतिशत मुटुरोग, ९.२ प्रतिशत मधुमेह, ८.४ प्रतिशत उच्च रक्तचाप, ८ प्रतिशत श्वासप्रश्वास र ७.६ प्रतिशत क्यान्सर पीडित छन् । रोग प्रतिरोधी क्षमता कमजोर हुने यो समूहका व्यक्ति संक्रमणको उच्च जोखिममा रहेको भन्दै स्वासथ्यकर्मीहरूले सचेत गराइरहेका छन्।

स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअनुसार ११ लाख ५३ हजार दुई सय ५३ दीर्घरोगका बिरामी छन् । उच्च रक्तचापका ५ लाख ७ हजार ५१२, मुटुका २ लाख ६१ हजार ७ सय ८४, मधुमेह १ लाखख ८२ हजार ३३६, मिर्गौला रोग १७ हजार ९ सय ३२, श्वासप्रश्वास १ लाख ७० हजार ८ सय ७० र क्यान्सरका १२ हजार ८१९ जना रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार यी उच्च जोखिममा रहेका समुह हुन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ