२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी

हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) का बेला फ्रन्टलाइनमा रहेर उपचार खटिरहेका चिकित्सकमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकहरुले सेवा अवरुद्ध पारेका छन् । बिहीबार उनीहरुले हातमा कालोपट्टी बाँधेर सेवा अवरुद्ध पारेका हुन् ।

नेपाल मेडिकल कलेजका चिकित्सक डा. रमेश सिंहले फ्रन्टलाइनमा रहेर यस्तो बेलामा पनि जीवनको प्रवाह नगरी बिरामीको उपचारमा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि कारवाही माग गर्दै चिकित्सकहरुले सेवामा अवरुद्ध पारेको बताए । ‘उपचारमा संलग्न चिकित्सकलाई नै हातपात गर्ने घटना निन्दनीय छ,’ उनले भने, ‘अहिले नेपाल मेडिकल कलेजका सबै चिकित्सकहरु कालोपट्टी बाँधेर विरोध जनाइरहेका छन् । काम गरेका छैनन् ।’

बुधबार विहान श्वासप्रश्वासको समस्या भएपछि आरुबारीकी ५७ वर्षीया महिलालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारका क्रममा नै उनको मृत्यु भएको थियो । बिरामीको मृत्युपछि कारणबारे जानकारी दिइरहँदा मृतकका आफन्तले डा. श्रीकुमार श्रेष्ठ र डा. राकेश सिंहमाथि हातपात गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ