२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाजुरा अस्पतालमा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना पोजेटिभ, सुदूरपश्चिममा थप ५ जनामा संक्रमण

बाजुरा अस्पतालमा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना पोजेटिभ, सुदूरपश्चिममा थप ५ जनामा संक्रमण


काठमाडौं—बाजुरा जिल्ला अस्पतालमा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड—१९) रिपोर्ट पोजेटिभ आएको छ । धनगढीस्थित सेती अस्पतालको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा ती बालिकामा कोरोना पोजेटिभ देखिएको हो ।

बुढीगंगा—१ की ती बालिकाको आइतबार बिहान जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा मृत्यु भएको थियो । ट्राभल हिस्ट्री भएकाले मृत्यु शंकास्पद लागेपछि उनीसहित उनका बुवाआमाको स्वाब संकलन गरी सेती प्रादेशिक प्रयोगशालमा पठाइएको थियो ।

बालिकाकी आमामा पनि कोरोना पोजेटिभ देखिएको छ भने बुवाको रिपोर्टमा भने कोरोना नेगेटिभ देखिएको हो । उनीहरू दुवै अहिले बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा छन् ।

ती बालिका बुढीगंगा नगरपालिका—१ धुरालसैनमा माबिको आइसोलेसनमा रहँदा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि १५ जेठमा सदरमुकाम मार्तडी अस्पताल लगिएको थियो । उनको त्यहाँको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । उनीहरु ८ दिन अघि भारतबाट आएका थिए ।

यस्तै, सुदूरपश्चिमको कैलालीमा पनि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा कैलालीको भजनी—७ का २३ वर्षीय पुरुष, जानकी गाउँपालिका—९ का ३४ वर्षीय पुरुष र कैलालीको धनगढी—३ को क्वारेन्टाइनमा रहेका ४७ वर्षका पुरुष रहेका छन् ।  मृत बालिका, उनकी आमा र कैलालीका थप ३ सहित सुदूरपश्चिममा आइतबारमात्रै ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ