२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका संक्रमण स्रोत नखुलेका १२ संक्रमित कुन ठाउँका हुन् ?

काठमाडौंका संक्रमण स्रोत नखुलेका १२ संक्रमित कुन ठाउँका हुन् ?


काठमाडौं—काठमाडौं उपत्यकामा १२ जना कोरोना संक्रमितको स्रोत खुल्न सकेको छैन । ती १२ जना को स्रोत नखुलेसँगै केही विज्ञहरुले काठमाडौं उपत्यकामा कोरोना समुदायस्तरमा फैलिएको दाबी गरिरहेका छन् ।

तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे काठमाडौं उपत्यकामा कोरोना समुदायमा गैसकेको भनेर ठोकुवा गर्न नसकिने बताउँछन् । ‘१२ जना संक्रमितको संक्रमणको स्रोत खुल्न सकेको छैन्,’ उनी भन्छन्, ‘तर, यसैलाई मात्रै आधार मानेर कोरोना संक्रमण समुदायमा फैलिसकेको भनेर ठोकुवा गर्न सकिदैंन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ जना संक्रमित बसेको टोलको नमुना संकलन गरी परीक्षण सुरु गरेको छ, जसमध्ये २२८ जनामा परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको डा. पाण्डेले बताए । थप स्थानको परीक्षणको क्रममा रहेको उनले जानकारी दिए ।

इडिसिडीकाअनुसार अहिलेसम्म काठमाडौंको तीनकुनेमा १ जना, कपनमा १ जना, भक्तपुरमा १ जना, खुशिबु १ जना, कागेश्वरीमा १ जना, नख्खुमा १ जना, मैतीदेवीमा १ जना, बोडेमा १ जना, कोटेश्वरमा १ जना, ललितपुरको प्यूटारमा १ जना, टोखामा १ जना र शंखमुलका १ जनामा कोरोना संक्रमितको संक्रमण स्रोत खुल्न सकेको छैन् । अहिले संक्रमण स्रोत नखुलेका यी संक्रमित रहेको स्थानको मास टेष्टिङ सुरु गरिएको डा. पाण्डेले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ