२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै


काठमाडौँ – कोभिड-१९को महामारीका कारण स्थगित भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरु हुँदैछ। उक्त कार्यक्रम सोमबार विहान ९ बजे देखि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको भवनबाट भर्चूअल (जुम सफ्टवेर) माध्यमबाट हुने भएको छ ।

स्वास्थ्य मन्त्रीको हातबाट सो सम्मेलनको उद्घाटन हुनेछ। सोमबार र मंगलबार गरेर दुई दिन चल्ने उक्त सम्मेलनको यस वर्षको नारा ‘अन्तर विषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरुको सम्वोधन’ रहेको छ।

परिषदले जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार सम्मेलनमा जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य समता र विकास, कोभिड १९, नसर्ने रोग, मातृ स्वास्थ्य , बाल स्वास्थ्य र किशोर किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, जैविक स्वास्थ्य लगायतका २ सय ५२ वटा अनुसन्धानसम्बन्धी अब्स्ट्रयाक परेका थिए। ती मध्ये ८६ वटा मात्र छनौटमा पर्न सफल भएको छ ।

यसको साथै सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतिकरण र पोष्टर प्रस्तुतिकरण मध्येबाट १/१ जनालाई उत्कृष्ट प्रस्तुतिकरण अवार्ड प्रदान गर्नेछ । यसैगरी परिषदको जर्नलमा एक वर्षभरी प्रकाशित आर्टिकल मध्ये उत्कृष्ट आर्टिकललाई दुर्गादेवी ज्ञवाली स्पोन्सर्ड जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार २०२० प्रदान गरिनेछ ।

t उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०२० , मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरुष्कार र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगेका १ जना स्वास्थ्य वैज्ञानिकलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ