२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रशोधित भनिएकै पानीमा ‘कोलिफर्म’

प्रशोधित भनिएकै पानीमा ‘कोलिफर्म’


धनगढी उपमहानगरपालिकामा वितरण गरेको खानेपानीमा मानव स्वास्थ्यकालागि हानिकारक मानिने दिशामा पाइने जीवाणु इकोलाइ कोलिफर्म भेटिएको छ ।

केहीदिनयता लगातार धारमा धमिलो र लेदो मिसियको पानी आउन थालेपछि उपभोक्ताहरूले प्रयोगशालामा पानी परीक्षण गराउँदा कोलीफर्म भेटिएको हो । उपभोक्ताहरूले धनगढीको खानेपानीमा धमिलोपना र लेदो वग्न थालेको र पानी खानै नसकिने अवस्थामा रहेको भन्दै गुनासो गरे ।

उक्त खानेपानीमा दिसामा मात्र पाइने इकोलाई कोलिफर्मका तिनवटा जीवाणु भेटिएको पुष्टि भयो । धमिलो पानीमा लेदो र अन्य फोहर जन्य पदार्थ पनि भेटिएको पानी प्रयोगशाला धनगढीका केमिष्ट कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

धनगढीका धेरै ठाउँमा ढलको नाली संगसगै खानेपानीका पाइपहरू राखिएको छ । कुनै ठाउँमा पाइप फुटेर यो जीवाणु प्रवेश भएको हुनसक्ने नेपाल खानेपानी संस्थान धनगढीको भनाइ छ ।

यसवारे थप जाँचका लागी विभिन्न ठाउँबाट नमुना सङ्कलन गरी ल्याबमा पठाइएको र ट्याकिंमा थप औषधि प्रयोग गर्नुका साथै सप्लाइ चेक जाँच गर्ने काम थालिएको खानेपानी संस्थान धनगढीका प्रमुख अरविन्द कुमार लाल कर्णले बताए ।

यस्तै खानेपानी परीक्षण प्रयोगशालाले सुदूरपश्चिमका डडेलधुरा र बझाङका विभिन्न ठाउँबाट नमुना सङ्कलन गरी परीक्षण गरेको थियो । जसमध्ये ९० प्रतिशत भन्दा बढी खाने पानीमा इकोलाईकोलिफर्मका कीटाणु भेटिए । मुहान, रिर्जव ट्याक र धाराहरूमा कोलिफर्म भेटिएको छ । कैलाली कञ्चनपुरका केही ह्याण्डपम्पमा पनि कोलीफर्म र आसेर्नीकको मात्रा अत्यधिक पाइएको पानी प्रयोगशाला धनगढीका केमिष्ट कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

सरकारी प्रयोगशालाबाटै परीक्षण रिपोर्ट सार्वजनिक भए पनि स्थानीय बासिन्दा खानेपानीको वैकल्पिक स्रोत अभावमा यस्तै दूषित पानी पिउन बाध्य छन् ।

दिशामा पाइने कीटाणु कोलीफर्मका कारण हैजा, आउँ जण्डिस, जुका, रक्तमासिका जस्ता समस्या देखिने गरेका छन् । यसबारे अनभिज्ञ स्थानियलाई पानी शुद्धिकरणका बारे सचेत तुल्याउनु आवश्यक भएको विज्ञहरुको छ ।

तर, स्थानीय तह, प्रदेश सरकार लगायत सरकारी निकाय भने बेखबर जस्तै छन् । सरकारी संयन्त्रको यस्तो बेवास्ताले वर्षायाममा जुनसुकै बेला महामारी फैलिने खतरा बढेको विज्ञहरुको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ