२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा २८ सहित थप २०४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा २८ सहित थप २०४ जनामा कोरोना पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा २८ जनासहित नेपालमा थप २ सय ४ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार काठमाडौं उपत्यकामामात्रै २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये काठमाडाैंका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरमा १० जनामा कोरोना पुष्टि भएको छ । भक्तपुरमा भने १० जनामा कोरोना संक्रमण देखिएको हो । अहिलेसम्म नेपालमा १६ हजार १ सय ६१ जनामा कोरोना संक्रमण देखिएको हो । ती मध्ये  ७ हजार ४ सय ९९ जना संक्रमण मुक्त भएका छन्

कहाँ कतिमा देखियो कोरोना संक्रमण ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान —झापाका १ जना, सिरहाका १ जना र सुनसरीका २  जना

कोशी अस्पताल प्रयोगशाला विराटनगर — मोरङका ६ जना

प्रादेशिक प्रयोगशाला जनकपुर—धनुषाका ८ जना, महोतरीका ३ जना

गजेन्द्रनारायाण सिंह अस्पताल प्रयोगशाला राजविराज— सप्तरीका ३ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—बैतेडीका ११ जना., काठमाडौँको १ जना, अछामका ११ जना, डोटीका ७ जना, सिन्धुलीका १ जना, गोरखाका १ जना

धुलिखेल अस्पताल, धुलिखेल प्रयोगशाला— बाजुरा ५४, सिन्धुपाल्चोकका १ जना

डडेल्धुरा अस्पताल, डडेल्धुरा प्रयोगशाला — डडेल्धुराका ६ जना

पाटन अस्पताल प्रयोगशाला, ललितपुर— धादिङ्गका १ जना, काठमाडौँको १२ जना, ललितपुरका १० जना, भक्तपुरका ४ जना, कास्कीका १ जना, नुवाकोटका १ जना, पर्सा, रामेछाप, गोर्खाका २ जना, लमजुँग र नुवाकोटको १-१ जना, सर्लाहीका ३ जना, मकवानपुर १ जना, सुनसरीका १ जना र रुकुमपश्चिमका १ जना, रुपन्देहीका १ जना, सप्तरीका १ जना

कृषिजन्य रोग अनुसन्धान  तालिम केन्द्र, प्रयोगशाला हेटौंडामा – मकवानपुरका २ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला, महाराजगन्ज प्रयोगशालामा   – काठमाडौँ १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा— तनहुँका  २ जना, बाग्लुङका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही—अर्घाखाँचीका ८ जना, कपिलबस्तुको १ जना, नवलपरासीका ५ जना, पाल्पाका २ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्ला- सुर्खेतका ३ जना

भेरी अस्पताल प्रयोगशाला, नेपालगन्ज – दाङका ३ जना, सल्यानका ५ जना, रुकुमपुर्वका १ जना, रुकुमपश्चिमका ४  जना, बर्दियाका २ जना, सुर्खेतका ५ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ