२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक महिनामै पड्किए दुई पिसिआर मेसिन

एक महिनामै पड्किए दुई पिसिआर मेसिन


काठमाडौ– कोरोना भाइरस (कोभिड–१९) पत्ता लगाउने आरटी पिसिआर मेसिन धमाधम बिग्रन थालेका छन् । निजी स्वास्थ्य संस्थालाई सशुल्क स्वाब संकलन र परिक्षणको अनुमति दिएसँगै सरकारी मेसिन बिग्रन थालेका हुन् ।

सुर्खेत अस्पताल र किर्तिपुरस्थित लायन्स क्लवको रक्तसंचार केन्द्रमा संचालित दुई मेसिन एक महिना नपुग्दै पड्किएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका आनुवाशिंक विज्ञ डा. गिरीराज त्रिपाठीका अनुसार दुई मेसिन कामै नदिने गरी बिग्रिएका छन् । अन्य प्रयोगशालामा रहेका मेसिनमा पनि समस्या देखिन थालेको छ ।

सरकारले प्रति मेसिन करिब ३० लाखका दरले खरिद गरेको हो । सुर्खेतले भने मेसिन बिग्रनासाथ नयाँ खरिद गरेर ल्याएको छ । प्रयोगशाला संयोजक विश्व भारतीले सुरुमा चलाएको मेसिन बिग्रिए पछि नयाँ खरिद गरेको जानकारी दिए ।
त्रिपाठीका अनुसार किर्तिपुर नगरपालिकाले खरिद गरेको प्रयोगशाला एक हप्ता पनि संचालन हुन पाएन । यी मेसिन अमेरिकन कम्पनी बायो¥याडले उत्पादन गरेको थियो । करोडौंका मेसिन सुरक्षित चलाउने विषयमा कसैको ध्यान नजाँदा समस्या आएको उनी बताउँछन् ।

अध्ययन अनुसन्धानका क्षेत्रमा काम गर्नेहरूमात्र पिसिआर मेसिनका बारेमा जानकार हुन्छन् । ‘अनुभवी जनशक्तिबिनै मुलुकका विभिन्न स्थानमा पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याएको कारणले धमाधम मेसिन बिग्रन थालेका हुन्,’ गिरी भन्छन्, ‘पिसिआर मेसिनमा नमुना परिक्षण गर्न दुईदेखि तीन वर्ष काम गरेको अनुभवी जनशक्तिको आवश्यकता पर्छ ।’

पिसिआर मेसिनको मुख्य काम भनेको निश्चित सेकेन्डभरमा डिएनए स्याम्पललाई तोकिएको विभिन्न तापक्रममा (माथि ९६ डिग्री सेन्टिग्रेडबाट तल ४ डिग्री सेन्टिग्रेडसम्म) तोकिएको विभिन्न समयसम्म (१५ सेकेन्डदेखि २० मिनेटसम्म) नियमित तताउने र चिस्याउने प्रकृया हो ।

उक्त प्रकृयालाई सेन्सरको माध्यमबाट स्क्रिनमा नतिजा डिस्प्ले गर्ने हो । यो अत्यन्तै संवेदनशिल हुन्छ । त्यसैले तीन दिन तालिम दिएका कर्मचारीले चलाउन सम्भव छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #पड्किए दुई पिसिआर, #पिसिआर मेसिनको मुख्य काम, #सरकारले प्रति मेसिन करिब ३० लाखका दर, #सह–प्रवक्ता डा. समिर अधिकारी, #सुर्खेत अस्पताल र किर्तिपुरस्थित लायन्स क्लव


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ